काठमाडौ ३० असार । युरोपेली सङ्घ ९इयु० र इन्डोनेशियोले स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति भएको घोषणा गरेका छन ।
यो कदम विश्वव्यापी व्यापारमा अमेरिकी राष्ट्रपतिका कदमका बीचमा धेरै महत्त्वपूर्ण रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै ईयू प्रमुख उर्सुला फोन डर लायनले आफूहरु अहिले चुनौतीपूर्ण एवम् आर्थिक अनिश्चितता र राजनीतिक अस्थिरताको चरणमा रहेको बताउनु भयो ।
यो समयमा साझेदारहरूले अझ नजिक भएर काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले महत्वाकांक्षी स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति हासिल गरेको बताउनुभयो ।
युरोपेली सङ्घका २७ देश र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेशियाबीच सन् २०१६ देखि व्यापार र लगानी बढाउन सम्झौता गर्न वार्ता हुँदै आएको थियो ।
युरोपेली आयोगले यो सम्झौता ठूलो उपलब्धि भएको र आउँदो सेप्टेम्बरमा यो औपचारिक रूपमा टुङ्गिने बताएको छ ।
अमेरिकाले उच्च भन्सार शुल्क लगाउने धम्की दिएपछि युरोपेली सङ्घले विश्वका महत्त्वपूर्ण साझेदारसँग सम्बन्ध बलियो बनाउन थप प्रयास गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्