ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक सचेतना कक्षा अब अनलाइनबाट


abc news

काठमाडौ ३० असार । ट्राफिक सचेतना कक्षा अनलाइनबाट सञ्चालन हुन थालेको छ । हिजो प्रहरी प्रधान कार्यालय काठमाण्डौमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कक्षा सञ्चालनको शुभारम्भ गर्नुभयो ।

अनलाइन सचेतना कक्षा संचालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यता हटेको छ । यो कक्षा नागरिक एपबाट लिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा हाँक्ने, लेन अनुशासन पालना नगर्ने र रातो बत्तीमा गाडी चलाउने जस्ता कसूरमा कारबाहीमा परेका चालकहरूले अनलाइन कक्षा लिन सक्नेछन् ।

अनलाइन कक्षा लिनुभन्दा पहिले तोकिएको जरीवाना तिर्नुपर्छ । त्यसपछि आफ्नो मोबाइलमा रहेको ‘नागरिक एप’ खोलेर ‘ट्राफिक अनलाइन क्लास’मा गई ‘जोइन क्लास’ मा जानुपर्छ ।

एपमा देखाइएका सबै नियम र सर्तहरू पढेर आफ्नो दुवै कान देखिने गरी स्पष्ट अनुहारको फोटो खिचेर अपलोड गर्नुपर्छ । फोटो अपलोड भएपछि भिडिओ कक्षा शुरू हुन्छ । कक्षाको अन्त्यमा सोधिने छ वटा प्रश्नमध्ये कम्तीमा ३ वटाको सही जवाफ दिनुपर्नेछ । अनुत्तीर्ण भएमा ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमै उपस्थित हुनुपर्नेछ ।

कक्षा सफलतापूर्वक सम्पन्न भएपछि ट्राफिक भायोलेसन रेकर्ड सिस्टम ९टीभीआरएस० मा स्वतः अपडेट हुनेछ र नागरिक एपमा कक्षा पूरा भएको जानकारी देखिनेछ ।

कक्षा चलिरहेको बेला मोबाइलको क्यामेराले प्रयोगकर्ताको अनुहार निरन्तर निगरानी गर्नेछ । यदि एक मिनेटसम्म अनुहार नदेखिएमा वा क्यामेरा बन्द भएमा पहिलो पटक चेतावनी दिइने र यो प्रक्रिया तीन पटक दोहोरिएमा कक्षा स्वतः रद्द हुने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com