ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन


abc news

काठमाडौ २९ असार । उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस्ताव राख्नुभएको छ ।

किएभविरुद्ध रूसको आक्रमणबीच दुवै देशले सैन्य र राजनीतिक सम्बन्धलाई गहिरो बनाउँदै गर्दा लाभरोभको उत्तर कोरिया भ्रमण मस्कोका शीर्ष अधिकारीहरूको उच्च–प्रोफाइल भ्रमणको शृङ्खलामा पछिल्लो थियो ।

प्योङयाङले युक्रेनी सेनालाई हटाउन रुसको कुर्स्क क्षेत्रमा हजारौँ सेना पठाएको थियो र रुसी सेनालाई तोप र क्षेप्यास्त्र प्रदान गरेको थियो ।

किम र लाभरोभले शनिबार ‘न्यानो कमरेडेली विश्वासले भरिएको वातावरण’ मा भेट गर्नुभएको आधिकारिक केसिएनए समाचार एजेन्सीले जनाएको छ ।

रुसको विदेश मन्त्रालयले टेलिग्राममा दुई जनाले हात मिलाउँदै र एकअर्कालाई अँगालो हालेर अभिवादन गरेको भिडियो पोस्ट गरेको छ र यो वार्ता देशको पूर्वी तटमा रहेको वोनसानमा भएको बताएको छ । वोनसानमा यस महिनाको सुरुमा एक विशाल रिसोर्ट खोलिएको थियो ।

किमले लाभरोभलाई उत्तर कोरिया ‘युक्रेनी सङ्कटको मूल कारणको सामना गर्ने सन्दर्भमा रूसी नेतृत्वले चालेका सबै उपायलाई बिना शर्त समर्थन र प्रोत्साहन गर्न तयार छ’ भन्नुभएको केसिएनएले बताएको छ ।

उत्तर कोरियाली नेताले ‘देशको मर्यादा र आधारभूत हितको रक्षा गर्ने पवित्र उद्देश्य पूरा गर्न रूसी सेना र जनताले निश्चित रूपमा विजय हासिल गर्नेछन् भन्ने दृढ विश्वास’ पनि व्यक्त गर्नुभयो ।

दुई नेताले सन् २०२४ जुनमा भएको ऐतिहासिक उत्तर कोरिया–रुस शिखर वार्तामा भएका सम्झौताहरू विश्वासपूर्वक कार्यान्वयन गर्ने महत्त्वपूर्ण विषयहरूमा छलफल गर्नुभयो”, केसिएनएले भन्यो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाको दुर्लभ भ्रमणका क्रममा दुई भारी प्रतिबन्धित मुलुकले गतवर्ष आपसी रक्षा खण्डसहित सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।

रूसी राज्य एजेन्सी तासका अनुसार लाभरोभले किमलाई पुटिनले ‘निकट भविष्यमा प्रत्यक्ष सम्पर्क जारी राख्ने आशा’ गर्नुभएको बताउनुभयो । रुस र उत्तर कोरियाका सरकारी मिडियाले लाभरोभ आइतबारसम्म रहने बताएका छन् ।

यसअघि शनिबार लाभरोभले आफ्ना समकक्षी चो सोन हुईसँग भेटवार्ता गर्नुभयो र रुसलाई सहयोग गर्न तैनाथ गरिएका ‘वीर’ उत्तर कोरियाली सैनिकहरूलाई धन्यवाद दिनुभयो ।

“दुवै पक्षले उत्तरपूर्वी एसिया र सम्पूर्ण एसिया–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै गैर–क्षेत्रीय खेलाडीहरूको आकांक्षालाई संयुक्त रूपमा सामना गर्ने आफ्नो दृढ सङ्कल्पमा जोड दिए”, रूसको विदेश मन्त्रालयले भन्यो । भ्रमणअघि रुसले मस्को र प्योङयाङबीच हप्तामा दुई पटक उडान सुरु गर्ने घोषणा गरेको थियो ।

लाभरोभले वोनसनलाई ‘एक राम्रो पर्यटकीय आकर्षण’ भनेर प्रशंसा गर्दै भन्नुभयो, “हामी आशा गर्छौं कि यो स्थानीय नागरिकहरूमाझ मात्र नभई रूसीहरूमाझ पनि लोकप्रिय हुनेछ ।” राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com