काठमाडौ २९ असार । सिरहाको औरही गाउँपालिका–५ मा रहेको मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह हुन् ।
गएराति विशेष सूचनाका आधारमा गाँजा बोक्दै गरेको अवस्थामा पासवान पक्राउ परेका थिए । प्रहरीलाई देख्नासाथ घटनास्थलबाट गाडीसहित भागेका अन्य मानिसको पनि खोजी तीव्र भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्