ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिङ्देनलाई लक्ष्य गर्दै धवल शम्शेरले भने- मैले काँधमा बोकेर ल्याएको, मैमाथि कारबाही भयो


abc news

काठमाडौ २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का महामन्त्री धवलशम्शेर राणाले फरक मत राख्नेहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पेल्दै लगेकोले निर्वाचन आयोगमा उजुरी दिने अवस्थामा आफूहरू पुगेको बताएका छन्।

पार्टी अनुशासन समितिबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई असार २५ गते अध्यक्ष लिङ्देनले हटाएका थिए। अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए।

अध्यक्ष लिङ्देनको यो कदम विधानविपरीत भन्दै पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी र महामन्त्री राणासहितको टोली आइतबार निर्वाचन आयोग पुगेर उजुरी दिएका हुन्।

निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको विरोध गरेका छन्।

‘यो पार्टी विभाजन भइरह्यो भनेर नै हामीले परिवर्तन ल्याएको हो, नयाँ पुस्तालाई। मैले नै काँधमा बोकेर ल्याएको,’ अध्यक्ष लिङ्देनलाई २०७८ मा भएको राप्रपा महाधिवेशनमा सहयोग गरेको उल्लेख गर्दै राणाले भने, ‘तर मैमाथि पटक पटक कारबाही हुन्छ। म क्यान्सर उपचार गर्न मुम्बई जाँदा मलाई संगठन विभाग प्रमुखबाट हटाइयो।’

उनले पार्टी फुट्न नदिने पनि बताए। अध्यक्ष लिङ्देनले आन्तरिक विषयहरू पार्टीभित्रै मिलाउने भने पनि नमिलाएकोले आफूहरू निर्वाचन आयोग आउनुपरेको उनको भनाइ छ।

उनले नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्षमा पुनर्बहालीका लागि निर्वाचन आयोगमा उजुरी दिइएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com