ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा उद्धारमा खटिएको सेनाको हेलिकप्टर चिनियाँ भूमिमा रोकियो


abc news
असार २४, २०८२ मंगलबार  ८ : ०२ बजे

काठमाडौ २४ असार । भोटेकोसीमा आएको बाढी प्रभावितलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर चिनियाँ भूमिमा रोकिएको छ। सेनाको सानो हेलिकप्टर उद्धारका लागि अनुमति नलिई प्रवेश गरेकाले चिनियाँ सुरक्षा फौजले फोर्स ल्यान्डिङ गराएको स्रोतको दाबी छ।

यता नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने सामान्य प्राविधिक समस्याका कारण हेलिकप्टर चिनियाँ भूमिमा रहेको र उक्त समस्या समाधान हुनासाथ फर्किने बताए।
‘पारिपटि मान्छे छन् भन्ने हिसावले उद्धारका लागि गएको थियो। टेक्निकल फल्ट भएर त्यहाँ बसेको छ। मेन्टिनेन्सपछि फर्किन्छ’, प्रवक्ता बस्नेतले बताए ।

आफूलाई चिनियाँ सुरक्षाफौजले ल्यान्ड गराएका कारण रोकिएको भन्ने जानकारी नआएको दाबी गरे। तर जिल्लास्थित सुरक्षा अधिकारीले भने यस बारेमा सम्बन्धित मन्त्रालयमा रिपोर्ट गरिसकेका छन्। अहिले उच्च तहमा कुराकानी गरेर हेलिकप्टर फर्काउन पहल भइरहेको छ।

बाढी प्रभावित रसुवा क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, उर्जामन्त्री दीपक खड्का, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देलसहित सबै सुरक्षा प्रमुख, चिनियाँ राजदूत वाङ छनसोङ लगायत पुगेर निरीक्षण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com