काठमाडौ २१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार बाबा पाख्रिनलाई पार्टीमा भित्र्याएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा(काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पाख्रिनसहित सयौँ जनालाई पार्टीमा स्वागत गरेका हुन् ।
उदीयमान कलाकार पाख्रिन प्रवेश गरेकाले आजको कार्यक्रम भिन्न रहेको उनले बताए ।
प्रचण्डले भने, ‘मैले स्थानीय तहको निर्वाचन भइसकेपछि केही स्वतन्त्र, केही सङ्गीतकार, गायकहरू राजनीतिमा प्रवेश गर्नुभयो, उनीहरूलाई लोकतन्त्रका नयाँ फूलका रूपमा स्वतन्त्रलाई संसद्को रोष्ट्रमबाट भनेको थिएँ, आज नयाँ फूल पाख्रिन हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ ।’
उनले यो पार्टी प्रवेश कार्यक्रमपछि पर्सामा आफ्नो जितको सुरुवात भएको बताए ।








प्रतिक्रिया दिनुहोस्