ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एपीलाई धम्की दिने जसपा मधेस प्रदेश अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी


abc tv
असार २०, २०८२ शुक्रबार   ४ : २७   बजे

काठमाडौं । जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीका सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ। उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।

अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

प्रहरीले रातिको समयमा सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिएको विषयमा यादवले धम्क्याएको प्रहरीको दाबी छ। सार्वजनिक भएको अडिओमा अध्यक्ष यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको भन्दै तथानाम गाली गरेका छन्। एसपी खड्कालाई लुट्न तराईमा आएको भन्दै उनले गाली गरेको अडिओमा सुनिन्छ।

यादवले यसअघि प्रदेश मन्त्रीलाई पनि यस्तै धम्कीपूर्ण भाषामा म्यासेज पठाएको पाइएको छ। उक्त म्यासेज पनि प्रहरीले अबको कारबाहीका लागि प्रमाणका रुपमा लिने जनाएको छ।

‘उहाँ सधैँ लफडा गर्ने मान्छे हो। अहिले पनि फेरि प्रहरीलाई गाली गर्नु भएछ’, मधेस प्रदेशका प्रहरी अधिकारीले भने, ‘प्रहरीले सुरक्षा दिँदा उहाँलाई के समस्या भयो हामीले बुझेको छैन। जिल्ला प्रशासन कार्यालयबाट आदेश आएपछि सुरक्षा दिनु हाम्रो कर्तव्य हो।’

प्रहरीले यादवले यसअघि धम्क्याएका अरुसँगको प्रमाण पनि संकलन गरिरहेको र यस विषयमा पनि टिप्पणी उठाएर कारबाही गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

सम्बन्धित

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group