ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा लगानी गर्ने कानुन नहुँदा पूँजी पलायन बढ्दै छ : अध्यक्ष शर्मा (भिडियो सहित)


admin
चैत्र १८, २०७४ आईतबार  ३ : ०५ बजे

काठमाडौं, १८ चैत । नेपाल उद्योग परिसंघको अध्यक्ष हरिभक्त शर्माले नेपालीले विदेशमा लगानी गर्न नपाएकाले गैरकानुनी ढंगबाट पूँजी पलायन भईरहेको बताउनुभएको छ ।

एबीसी टेलिभिजनको कार्यक्रम बिज टकमा कुराकानी गर्दै अध्यक्ष शर्माले विदेशमा लगानी गर्न पाउनुपर्ने कानुन नबन्दा नेपालबाट पूँजी बाहिर गईरहेको बताउनुभएको हो । सरकारले कानुनी बाटो नखोलिदिंदा सम्म पूँजी पलायन भईरहने उहाँको भनाई छ । उहाँले भन्नुभयोर्, हामीले बारम्बार सरकारलाई भन्दै आएका छौं विदेशमा लगानी गर्ने कानुन चाहियो भनेर यो नबन्दा सम्म पूँजी पलायन कसैले पनि रोक्न सक्दैन । पूँजी पलायन हुने देशहरुको सुचीमा नेपाल चौथो स्थानमा पुगेको छ ।’

नेपालको कानुन अनुसार नेपालीले बाहिर अरु देशमा लगानी गर्न पाउँदैनन् । लगानी गरेपनि त्यो गैरकानुनी मानिन्छ । नेपालमा कि त सरकारले लगानी सुरक्षित गर्ने वातावरण बनाईदिनुपर्ने कि त विदेशमा लगानी गर्न पाउनुपर्ने कानुन ल्याईदिनुपर्ने अध्यक्ष शर्माको माग छ ।

आर्थिक समृद्धिको दिशामा सरकारलाई सधैं साथ दिन निजी क्षेत्र तयार रहेको उहाँको भनाई छ । अहिलेको सरकारप्रति आफूहरु विश्वस्त रहेको भन्दै उहाँले आर्थिक विकासको बाटोमा कर्मचारी प्रशासनलाई सुधार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी वामपन्थी सरकारलाई पुरा विश्वास गर्छौं तर सरकारले जति सुकै राम्रा कार्यक्रमहरु ल्याएपनि कर्मचारीतन्त्रलाई सुधार्न सकेन भने सरकार असफल हुन सक्छ । काममा ढिलाई हुने जुन प्रवृत्ति छ त्यसलाई हटाउनु जरुरी छ ।”

अध्यक्ष शर्माले नेपालको अर्थव्यवस्था पूँजीवाद हुँदै सामन्तवाद तर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । नेपालको अर्थतन्त्र समस्यामा पर्दै गईरहेको छ भन्ने कुरा आफूहरुले पाँच वर्ष अघिदेखि भन्दै आएपनि अहिलेको सरकारले यो कुरा बुझेकोमा उहाँले धन्यवाद दिनुभयो । नेपालको कानुनी जटिलताले स्वदेशी र विदेशी लगानी बढ्न नसकेको उहाँको भनाई छ ।

परिसंघका अध्यक्ष हरिभक्त शर्मासँग गरिएको कुराकानीका लागि यो भिडियो हेर्नुहोला-

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com