काठमाडौ १९ असार । उच्च अदालत पाटनले नेपाल चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीलाई ७ दिनभित्र उपस्थित हुन आदेश दिएको छ।
न्यायाधीशद्वय श्याकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको निवेदनमा कारण देखाउ आदेश जारी गरेको हो।
डा तिवारीलाई ७ दिनभित्र अदालतमा आफैँ उपस्थित भई अवहेलनाको कसुरमा सजाय किन गर्नु नपर्ने हो भन्ने कारण र प्रमाणहरू पेस गर्न आदेश जारी गरेको हो।
उपभोक्ता अदालतले अस्पताल र चिकित्सकको लापरबाहीमा गरेको सजायसम्बन्धी फैसलापछि डा तिवारीले दिएका अभिव्यक्ति र नेपाल चिकित्सक संघको लेटरहेडमा महासचिव डा तिवारीका नाममा जारी भएका विज्ञप्तिका आधारमा मञ्चले अवहेलना मुद्दा दायर गरेको थियो।
उपभोक्ता अदालतले उपचारमा लापरबाही भएको भन्दै ग्रान्डी सिटी, हिमाल र ओम अस्पताललाई क्षतिपूर्ति तिराउने गरी फैसला गरेको थियो।
अदालतको फैसलापछि चिकित्सक संघले विरोध जनाउँदै आन्दोलन सुरु गरेको थियो।








प्रतिक्रिया दिनुहोस्