ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने


admin
चैत्र १६, २०७४ शुक्रबार   ८ : २२   बजे

काठमाडौँ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज शिष्टाचार भेट गर्नुभयो ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिजले नेपालको लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने बताउनुभयो ।

भेटमा मन्त्री बस्नेतले विभिन्न तीन चरणका निर्वाचन सम्पन्न भएसँगै नेपाल लामो राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब सरकार र सिंगो मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले सरकारले अख्तियार गरेको समग्र समृद्धिको योजना कार्यान्वयनका लागि आफ्नो मन्त्रालयले वन तथा वातावरणका क्षेत्रबाट गर्ने कामको प्राथमिकता निर्धारण गरी योजना बनाइरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले नेपाल र अमेरिकाबीच ७० वर्ष लामो कुटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा थप प्रगाढ सम्बन्ध निर्माण गर्न सरकार तयार रहेको बताउनुभयो ।

भेटमा राजदूत टेप्लिजले नेपालमा ‘सफा हावा’ कार्यक्रमअन्तर्गत वातावरण मन्त्रालयसँगको सहकार्यमा कम्प्युटर सफ्टवेयर उपलब्ध गराउन लागेको जानकारी दिनुभयो । उहाँले नेपालको वन तथा वातावरण संरक्षणको क्षेत्रलाई ट्रम्प प्रशासनले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group