ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी र साञ्जेनको आइपिओ आइतबार बाँडफाँट हुने


admin

काठमाडौँ, १६ चैत ।  रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ ।

रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले आइतबार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण शेयर एकै पटक बाँडफाँट गर्ने तयारी भएको जानकारी दिनुभयो । दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई शेयर बिक्री गरेका थिए ।

सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन म्याद थियो । यस्तै संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समयावधि तोकिएको थियो । दुवै कम्पनीको साधारण शेयरमा कूल मागको तुलनामा छ गुणा बढी आवेदन परेको छ । दुवै कम्पनीमा सञ्चयकर्ताका लागि रु दुई अर्ब चार करोड ५९ लाख ५९ हजार ५०० बराबरको दुई करोड चार लाख ५९ हजार ५९५ कित्ता शेयर छुट्याइएको थियो । ती आवेदनबाट रु ११ अर्ब संकलन भएको छ ।

रसुवागढीमा एक लाख ८८ हजार र साञ्जेनमा एक लाख ८३ हजार सञ्चयकर्ताले आवेदन दिएका थिए । रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो । सो आयोजनाको निर्माण ६५ प्रतिशत सकिएको छ । मागभन्दा झण्डै छ गुणा बढी आवेदन परेकाले शेयर संख्या कम भएको हो । रसुवामै निर्माण भइरहेको ५७.३ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

काठमाडौं, २४ साउन । परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदैछन्। मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन्।परराष्ट्र मन्त्रालयका

नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन साहको निर्देशन

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका छन् ।नर्भिक अस्पतालले लिजमा

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

काठमाडौं, २३ साउन ।  सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको थप अध्ययनका लागि भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ

सम्बन्धित

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

‘अर्थमन्त्री शर्माको मातहतमा कुनै कर्मचारी बस्न चाँहदैनन्’

भारतले नेपाल पठाउने इन्धनमा भारी मात्रामा मूल्य घटायो

चीनलाई टक्कर दिन अमेरिकाले नेपाल सरकारसँगै नीजि क्षेत्रसँग सहकार्य गर्ने तयारी

चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com