ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन


abc news

काठमाडौ ११ असार । बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्ट डिएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन भएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि प्रहरी उपरीक्षक ९एसपी० नारायण रञ्जितकारको नेतृत्वमा समिति गठन गरेको हो।

उक्त समितिले यथाशीघ्र प्रतिवेदन बुझाउने कार्यालयका प्रवक्ता डिएसपी विनोद यादवले जानकारी दिए।

सप्तरीमा बलात्कार मुद्दामा राजविराज(६ का आकाश आदर्शले सफाइ पाएको र सफाइ पाएको भोलिपल्टै डिएसपी क्वार्टरमा आयोजित एउटा पार्टीमा सहभागी भएको भन्ने समाचारबारे बुधबार राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आइजिपी दीपक थापालाई प्रश्न गरेका थिए।

यस विषयमा आइजिपी थापाले मधेस प्रदेश प्रहरी कार्यालयका डिआइजी उमाप्रसाद चतुर्वेदीलाई सम्पर्क गरी आवश्यक छानबिन गर्न निर्देशन दिएको बताएका थिए।

‘डिएसपीको क्वार्टरको उक्त तस्बिर अगाडिकै रहेछ। पत्रिकामा आज निस्केको हो। त्यस सन्दर्भमा मैले मधेस प्रदेशका डिआइजीलाई छानबिनको लागि के भएको हेर्नु भनेको छु। इन्स्पेक्टरको बर्थड‍‍े रहेछ। उनले लगेर डिएसपीको क्वार्टरमा बसेको फोटो आएको छ। यसलाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ,’ उनले भने।

राजविराज(६ का आकाश आदर्शले बलात्कार मुद्दामा जिल्‍ला अदालत सप्तरीबाट जेठ ४ गते सफाइ पाएका थिए। त्यसको भोलिपल्टै प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन बनाउन जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा पार्टी गरिरहेको तस्बिर बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com