काठमाडौ ११ असार । काठमाण्डौ महानगरपालिकाको बजेट तर्जुमा तथा कार्यक्रम समितिले तत्काल कार्यपालिका बैठक बोलाएर बजेट सार्वजनिक गर्न मेयर बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ ।
आज बसेको समितिको बैठकले पटक–पटक दबाव दिँदा पनि मेयर शाहले बेवास्ता गरेको आरोप लगाउँदै बैठक बोलाउन आग्रह गरेको हो । प्रवक्तासमेत रहेका समितिका सदस्य नवीन मानन्धरले बजेट ल्याउन पहल गर्नुपर्ने मेयरले नै समन्वय नगरेका कारण असार १० गतेभित्र बजेट ल्याउन नसकेको बताउनुभयो ।
पालिकाहरूले असार १० गतेभित्र आउँदो आर्थिक वर्षको बजेट पालिका सभामा पेश गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । ६ वटा महानगरपालिकामध्ये काठमाण्डौ महानगरले मात्रै तोकिएको समयसीमाभित्र बजेट ल्याउन नसकेको हो । धरान उपमहानगरपालिकाले पनि बजेट ल्याउन सकेन ।
यस्तै देशभरका सात सय ५३ पालिकामध्ये असार १० गतेभित्र ३९ वटा पालिकाले बजेट ल्याएका छैनन् । यसमा १५ गाउँपालिका र २४ नगरपालिका छन् ।








प्रतिक्रिया दिनुहोस्