काठमाडौ ११ असार । धादिङको गल्छी गाउँपालिका–१ छाङगेश्वर मन्दिर नजिकैबाट आज एक महिलाले त्रिशूली नदीमा हाम फालेकी छन्।
त्रिशूलीमा बेपत्ता महिलाको सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ।
सोही ठाउँमा बस्ने अन्दाजी ५६ वर्षीया साईली गिरीले आज बिहान करिब पौने ९ बजे नदिमा हाम फालेको स्थानीयले बताएका छन्।
सशस्त्र प्रहरीले उनको खोजीकार्य सुरु गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस आदमघाटबाट सशस्त्र प्रहरी नायव निरीक्षक विरेन्द्र कुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको छ।








प्रतिक्रिया दिनुहोस्