ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेशियामा महँगी दर घट्दै, उपभोक्तालाई राहत


abc news
असार ११, २०८२ बुधबार  १० : ५२ बजे

काठमाडौ ११ असार । मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति अर्थात महँगी दर घटेर १ दशमलव २ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा कम दर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

मलेशियाको तथ्याङ्क विभागका अनुसार, महँगी कम हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट हो ।

तेल सस्तो हुँदा उत्पादन तथा यातायात खर्च कम हुने भएकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत स्थिरता आएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

उत्पादन लागत घटेको सङ्केत स्थानीय उत्पादन मूल्य सूचकाङ्क ९पीपीआई० मा पनि देखिएको छ, जुन चालू वर्षको अप्रिल महिनामा ३ दशमलव ४ प्रतिशतले ऋणात्मक रहेको थियो ।

यसमा खानी तथा उत्खनन क्षेत्रको योगदान प्रमुख रहेको छ, जहाँ मूल्य १७ दशमलव ८ प्रतिशतले कमी आएको उल्लेख छ ।

त्यस्तै, उपभोक्ता मूल्य सूचकाङ्कमा महत्त्वपूर्ण स्थान ओगट्ने खाद्य तथा पेय पदार्थ समूहमा पनि मूल्य वृद्धिको गति सुस्तिएको देखिन्छ ।

यो समूहको मूल्य वृद्धि मे महिनामा २ दशमलव १ प्रतिशतमा सीमित भएको हो । यद्यपि, मासिक रूपमा हेर्दा भने अप्रिलको तुलनामा मे महिनामा समग्र महँगी दर ०।१ प्रतिशतले वृद्धि भएको छ ।

समग्रमा, मलेशियामा पछिल्लो समय मूल्य स्थिरता कायम रहन थालेकोले उपभोक्ता तथा आम नागरिकको लागि सकारात्मक सङ्केत मानिएको छ ।

मूल्यवृद्धिमा आएको कमीले नागरिकको दैनिक जीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

सम्बन्धित

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल

खाना पकाउने ग्यास फेरि महँगियो,ग्यास कुनै विलासी वस्तु होइन : यो आधारभूत आवश्यकता हो।

सम्पत्ति छानबिन आयोग: ‘ठुला माछा’ लाई उन्मुक्ति र ‘छनोटपूर्ण’ न्यायको आशंका !

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com