ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली आक्रमणमा अहिलेसम्म इरानका ११ परमाणु वैज्ञानिक मारिए


abc news
असार ८, २०८२ आईतबार  ६ : ४५ बजे

काठमाडौँ, ८ असार । इरान–इजरायल युद्ध जारी छ । ९ दिनदेखि दुई देशबीच युद्ध जारी छ । यसअवधिमा दुवै देशले एक अर्कामाथि मिसाइलहरु प्रहार गरिरहेका छन् । आजसम्मको अवस्था हेर्दा इजरायली आक्रमणमा परी इरानका ११ जना परमाणु वैज्ञानिक मारिएका छन् । इरानभन्दा भौगोलिक रुपमा निकै सानो इजरायलले नवौं दिनसम्म आइपुग्दा इरानमाथि धेरै आक्रमण गरेको छ ।

दुवै देशमध्ये धेरै जनधनको क्षति इरानमा भएको छ । मिडिया रिपोर्टस अनुसार इरानमा हालसम्म ६ समय भन्दा बढीको मृत्यु भएको छ । जसमा धेरै जसो सैन्य अधिकारीहरु रहेका छन् । त्यो पनि मुख्य भूमिकामा रहेकाहरु छन् । यस्तै मुख्य परमाणु वैज्ञानिकहरु पनि मारिएका छन् ।

यता इरानी आक्रमणमा परी अहिलेसम्म इजरायलमा ४० जनाको मृत्यु भएको बताइएको छ । दुवै देशले एक अर्काविरुद्ध सम्झौता नगर्ने बताएका छन् ।

इजरायली आक्रमणमा मारिएका वैज्ञानिकहरु
१. डा. फरीदून अब्बासी–दवानी
जिम्मेवारी स् इरानको परमाणु ऊर्जा संस्था (एईओआई)का पूर्व प्रमु्ख, नतान्ज केन्द्रका सिनियर साइन्टिस्ट
ब्यागग्राउन्ड : परमाणु भौतिक शास्त्रमा विद्यावारिधि । १९६९ मा आईआरजीसीमा सहभागी

२. डा. मोहम्मद मेहदी ताहराँची
जिम्मेवारी : परमाणु भौतिक वैज्ञानिक र इस्लामिक आजाद युनिभर्सिटी (इरानको सबैभन्दा ठूलो निजी विश्वविद्यालय) का अध्यक्ष
ब्यागग्राउन्ड: परमाणु कार्यक्रमसँग सम्बन्धित परियोजनाको रेखदेख गर्थे

३. अब्दुल हमीद मिनुचेहर
जिम्मेवारी: शाहिद बेहिश्ती यु्निभर्सिटीमा न्युक्लियर इन्जिनियरिङ विभागका डीन
ब्यागग्राउन्ड : न्युक्लियर प्लान्टको कार्यक्षमता र सुरक्षामा काम गर्थे

४. अहमदज रजा जोलफ गारी
जिम्मेवारी : शाहिद बेहिश्ती यु्निभर्सिटीमा न्युक्लियर इन्जिनियरिङका प्रोफेसर
ब्यागग्राउन्ड :रिएक्टर डिजाइन र सुरक्षा सम्बन्धित अनुसन्धानकर्ता

५. अमीर हुसैन फगीही
जिम्मेवारी : एईओआईका पूर्व उपाध्यक्ष, परमाणु विज्ञान एवं प्रोधिगिकी संस्थानका प्रमुख
ब्यागग्राउन्ड : परमाणु विज्ञानको कार्यक्रमको नेतृत्व गरेका थिए

६. मोत्तालेबजादेह पूरै पहिचान अज्ञाते
जिम्मेवारी : एक अज्ञात परमाणु वैज्ञानिक
ब्यागग्राउन्ड : उनको पहिचान अस्पष्ट छ । उनको मृत्युबारे इरानी रिपोर्टमा मात्र उल्लेख

७. अली बखूई कातिरीमी
जिम्मेवारी : इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित मेकानिक्स एक्सपर्ट
ब्यागग्राउन्ड :सेन्ट्रीफ्यूज मेसिनको प्राविधिक सञ्चालनमा महत्त्वपूर्ण भूमिकामा कार्यरत थिए

८. सईद बर्जी
जिम्मेवारी : पदार्थ इन्जिनियरिङ र फिजिक्स एक्सपर्ट
ब्यागग्राउन्ड : बर्जी परमाणु संयन्त्रमा प्रयोग हुने विशेष पदार्थको चेकजाँचमा कार्यरत थिए

९. मन्सुर असगरी
जिम्मेवारी : रिएक्टर फिजिक्सका एक्सपर्ट
ब्यागग्राउन्ड : परमाणु रिएक्टरको सञ्चालन, सुरक्षा र प्लुटोनियम उत्पादनसँग सम्बन्धित प्रविधिमा योगदान दिँदै आएका थिए

१०. मोहम्मद काजमी
जिम्मेवारी : आरजीसीको खुफिया संगठनका प्रमुख । देशको सुरक्षा तय गर्नु । इस्लामी नियम पालना गराउने
ब्यागग्राउन्ड : २०२२ मा महसा अमीनीको हत्यापछि विरोधीहरुलाई कडाइका साथ कारबाही गर्थे

११. इसार तबातबाई–कम्शेह
जिम्मेवारी : अहिलेसम्म स्पष्ट भइसकेको छैन
ब्यागग्राउन्ड : इरानी मिडियाले उनको नाम मात्र उल्लेख गरेका छन् । परमाणु कार्यक्रमसँग सम्बन्धित भए नभएको अष्पस्ट ।

जर्मन साइकलिस्ट पक्राउ

इरानले पहिलोपटक जर्मन साइकलिस्टलाई जासूसीको आरोपमा हिरासतमा लिएको स्वीकारेको छ । आरोपीको पहिचान मारेक कफम्यानका रुपमा गरिएको छ ।

उनको दोहोरो नागरिकता रहेको र उनी यहुदी पर्यटकसम्म रहेको इरानले बताएको छ । इरानी सेनासँग सम्बन्धित मेहर न्यूज एजेन्सीले शुक्रबार साइकलिस्टको एक भिडियो जारी गरेको थियो ।

उक्त भिडियोमा इरानको सेनाको ठेगानाको फुटेट रेकर्ड गरेको कुरा स्वीकारेका छन् । इरानले कफम्यान अमेरिकी यहुदी कमान्डोसँग सम्पर्कमा रहेको र उनलाई कहाँ जाने भन्ने कुरा निर्देशन दिइने गरिको पाइएको दाबी गरेको छ ।

यस्तै शनिबार इजरायली आक्रमणबाट इरानको बन्दर–ए–महशहर क्षेत्रलाई निशाना बनाइएको छ । उक्त क्षेत्रमा इरानी सैन्य ठेगानामा आक्रमणको कारण धेरै क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com