ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली


abc news
असार ७, २०८२ शनिबार  ६ : ४२ बजे

काठमाडौ ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताउनुभएको छ । आज ललितपुरमा ११औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली समाजमा अनुशासनको कमी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आज विश्वमा अहिंसा र शान्ति चाहिएको यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । हतियारधारी र अहङ्कारीहरुले योग र अनुशासन बुझ्न जरुरी रहेको बताउनुभयो । मान्छेको अहङ्कार सबैभन्दा ठूलो खतरा रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरुको लोभ गर्न नहुने बताउनुभयो । उहाँले आफूलाई स्वस्थ राख्नुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्ष जुन २१ तारिखलाई अन्तरराष्ट्रिय योग दिवसको रूपमा मनाइँदै आएको छ । आज ‘एक पृथ्वी र एक स्वास्थ्य’ भन्ने आदर्श वाक्यका साथ विश्व योग दिवस मनाइएको हो ।

योगलाई शारीरिक अभ्यास तथा निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली एवम् जीवनपद्धतिका रूपमा पनि लिइन्छ । योगले मानिसको मन, मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ आत्माको विकास गर्छ ।

योगका तीन प्रमुख अभ्यासहरू छन् स् आसन अर्थात् शारीरिक अभ्यास, प्राणायाम अर्थात् श्वासको नियन्त्रण र ध्यान अर्थात् मानसिक एकाग्रता । आसन शरीरलाई बलियो, लचकदार र स्वस्थ बनाउने शारीरिक अभ्यास हो । नियमित आसन अभ्यासले रक्तसञ्चार सुधार्छ, मांसपेशीहरू सबल बनाउँछ र हड्डीहरूको मजबुती बढाउँछ ।

प्राणायाम श्वासप्रश्वासलाई नियन्त्रण गरेर शरीरमा ऊर्जा प्रवाह सन्तुलन गर्ने प्रक्रिया हो । यसले मानसिक शान्ति र भावनात्मक स्थिरता प्रदान गर्छ । ध्यान मानसिक चञ्चलतालाई शान्त पारेर गहिरो एकाग्रता र मनोवैज्ञानिक स्थिरता ल्याउने अभ्यास हो । योगको शुरुआत पाँच हजार वर्षअघि सिन्धु घाटी सभ्यतामा भएको मानिन्छ ।

मानिसले धर्मको शुरुआत गर्नुभन्दा पहिले शुरु भएको योग हरेक धर्म, समाज र सम्प्रदायमा लोकप्रिय नै रहेको पाइन्छ । दक्षिण एशियामा पूर्ण विकसित भएर १९औं शताव्दिमा मात्रै पश्चिम संसारमा पुगेको योग अहिले पश्चिमाहरुले पनि उत्तिकै अपाउन थालेका छन् । पछिल्लो प्रतिबेदन अनुसार अहिले विश्वका झन्डै ३० करोड मानिस दैनिक योगअभ्यास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com