काठमाडौ ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताउनुभएको छ । आज ललितपुरमा ११औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली समाजमा अनुशासनको कमी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आज विश्वमा अहिंसा र शान्ति चाहिएको यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । हतियारधारी र अहङ्कारीहरुले योग र अनुशासन बुझ्न जरुरी रहेको बताउनुभयो । मान्छेको अहङ्कार सबैभन्दा ठूलो खतरा रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरुको लोभ गर्न नहुने बताउनुभयो । उहाँले आफूलाई स्वस्थ राख्नुपर्ने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्ष जुन २१ तारिखलाई अन्तरराष्ट्रिय योग दिवसको रूपमा मनाइँदै आएको छ । आज ‘एक पृथ्वी र एक स्वास्थ्य’ भन्ने आदर्श वाक्यका साथ विश्व योग दिवस मनाइएको हो ।
योगलाई शारीरिक अभ्यास तथा निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली एवम् जीवनपद्धतिका रूपमा पनि लिइन्छ । योगले मानिसको मन, मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ आत्माको विकास गर्छ ।
योगका तीन प्रमुख अभ्यासहरू छन् स् आसन अर्थात् शारीरिक अभ्यास, प्राणायाम अर्थात् श्वासको नियन्त्रण र ध्यान अर्थात् मानसिक एकाग्रता । आसन शरीरलाई बलियो, लचकदार र स्वस्थ बनाउने शारीरिक अभ्यास हो । नियमित आसन अभ्यासले रक्तसञ्चार सुधार्छ, मांसपेशीहरू सबल बनाउँछ र हड्डीहरूको मजबुती बढाउँछ ।
प्राणायाम श्वासप्रश्वासलाई नियन्त्रण गरेर शरीरमा ऊर्जा प्रवाह सन्तुलन गर्ने प्रक्रिया हो । यसले मानसिक शान्ति र भावनात्मक स्थिरता प्रदान गर्छ । ध्यान मानसिक चञ्चलतालाई शान्त पारेर गहिरो एकाग्रता र मनोवैज्ञानिक स्थिरता ल्याउने अभ्यास हो । योगको शुरुआत पाँच हजार वर्षअघि सिन्धु घाटी सभ्यतामा भएको मानिन्छ ।
मानिसले धर्मको शुरुआत गर्नुभन्दा पहिले शुरु भएको योग हरेक धर्म, समाज र सम्प्रदायमा लोकप्रिय नै रहेको पाइन्छ । दक्षिण एशियामा पूर्ण विकसित भएर १९औं शताव्दिमा मात्रै पश्चिम संसारमा पुगेको योग अहिले पश्चिमाहरुले पनि उत्तिकै अपाउन थालेका छन् । पछिल्लो प्रतिबेदन अनुसार अहिले विश्वका झन्डै ३० करोड मानिस दैनिक योगअभ्यास गर्छन् ।








प्रतिक्रिया दिनुहोस्