ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा


abc news

काठमाडौ ७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने सुहाउँदो र उपयुक्त तरिका नभएको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रतिपक्षी दलले राखेका माग पूरा गराउन सरकारलाई उनको आग्रह छ ।

‘निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन,’ सांसद सापकोटाले भने, ‘यसले लोकतन्त्रलाई गिज्याइरहेको छ । हाम्रो संसद्को ओज र गरिमालाई बढाएन भनेर म दुस्ख व्यक्त गर्न चाहन्छु ।’

साथै, उनले आर्थिक वर्ष २०८२र०८३ को बजेट १६औं योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको टिप्पणी गरे ।

सांसद सापकोटाले विवादित बक्यौता नउठाउँदा राष्ट्रप्रति गम्भीर घात हुने बताए । बजेटमा व्यवस्था गरिएको टेक एण्ड पे गम्भीर प्रकारको कमजोरी भएकोले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण मेरुदण्ड मानिएको उर्जाक्षेत्र ध्वस्त हुने उनको भनाइ थियो ।

‘बजेटमा टेक एण्ड पे भनेर एउटा व्यवस्था भयो । स्वयं मन्त्रीज्यूको प्रश्तावमा उर्जा मार्गचित्र भनेर जुन परिकल्पना गरिएको छ त्यसलाई यसले खण्डित गर्दछ । टेक एण्ड पे को वर्तमान परिस्थितिलाई कानुनमा कायम राख्यौं भने अन्ततस् हाम्रो फेरि अध्यारोतर्फको यात्रा हुन्छ,’ सांसद सापकोटाले भने, ‘मुलुकको अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्डका रुपमा मानिएको उर्जाक्षेत्र ध्वस्त हुने खतरा छ । सरकारलाई के त्यस्तो दबाब पर्‍यो कि अहिले टेक एण्ड पे मा जानुपर्ने स्थिति भयो ।

त्यसैले यो गम्भीर प्रकारको कमजोरी हो, टेकएण्ड पे को यो प्रस्तावबाट सरकार पछाडि हट्नुपर्दछ र उर्जा क्षेत्रको वातावरण सङ्लो बनाउन मिहिनेत गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com