काठमाडौ ७ असार । सर्लाहीको बरहथवामा बाटो फराकिलो बनाउने विषयमा शनिबार बिहान झडप हुँदा प्रहरी निरीक्षक इन्सपेक्टर सहित तीन जना घाइते भएका छन्।
बरहथवा नगरपालिका(४, खैराटोलमा बाटो विस्तारका क्रममा शनिबार बिहान दुई पक्षबिच झडप भएको हो।
झडपमा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका हुन्।
खैराटोलमा बाटो बढाउने विषयमा दुई स्थानीयबीच जुधाजुध भएको हो। अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार पनि गरेको थियो।








प्रतिक्रिया दिनुहोस्