काठमाडौ ७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा नेशनल गार्ड परिचालन गरेपछि त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको छ ।
पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पको प्रशासनले लस एन्जलसमा राष्ट्रिय गार्ड सेनाको नियन्त्रण राख्न सक्ने फैसला गरेको हो ।
अदालतले नेशनल गार्ड परिचालन र नियन्त्रणको अधिकार राष्ट्रपतिमा निहित रहने समेत बताएको छ । तर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले सामाजिक सञ्जाल एक्समा ट्रम्प कानूनभन्दा माथि नभएको टिप्पणी गर्नुभएको छ ।
यसअघि पनि उहाँले नेशनल गार्ड परिचालन गर्ने राष्ट्रपतिको कदम अनुचित रहेको बताउनुभएको थियो ।
अमेरिकी प्रशासनको आप्रवासन नीतिविरुद्ध लस एन्जलसमा प्रदर्शन चर्केपछि ट्रम्पले दुई हजार नेशनल गार्डलाई परिचालन गर्नुभएको थियो ।
साथै ३८ पृष्ठ लामो फैसलामा न्यायाधीशहरुले राष्ट्रपति ट्रम्प न्यायिक समीक्षा भन्दा बाहिर हुन नसक्ने पनि उल्लेख गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।








प्रतिक्रिया दिनुहोस्