काठमाडौ ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले कार्यवाहक प्रवक्ता मनिष झालाई प्रवक्ता र कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ ।
आज बसेको पार्टीको बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो । पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि प्रवक्ता र महामन्त्री पद कार्यवाहकका रुपमा रहेका थिए ।
यसैबीच पार्टी स्थापना दिवसको अवसरमा रास्वपाले आज काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पार्टीका नेता कार्यकर्ताले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध जनाएका छन् ।
रास्वपा स्थापनाको तेस्रो वर्ष भएको छ । यस अवसरमा पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले पनि आफूविरुद्धका आरोपको खण्डन गर्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस्