काठमाडौ ६ असार । पर्साको पोखरिया नगरपालिका९हाल बहुदरमाई नगरपालिका०का प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
विभिन्न योजनाको स्वीकृत र कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई अख्तियारले नियन्त्रणमा लिएको हो।
अख्तियारले दुवैजनाको ४ वटा मोबाइल पनि बरामद गरेको छ।
उनीहरूमाथि थप अनुसन्धान जारी रहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
अख्तियारले श्रीवास्तवलाई वीरगन्ज महानगरपालिका(१२ प्रतिमा चोकबाट र वडा(३ को प्रगतिनगरबाट साहलाई नियन्त्रणमा लिएको हो।
त्यस्तै हालका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र नगरपालिका(२ का सचिव ओमप्रकाश चौरसियाको २ वटा मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्