काठमाडौ ६ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आ–आफ्नो अवसरका लागि नेपाली श्रमिकमात्र नभई संसारका श्रमिक भौँतारिइरहेको बताएका छन्।
शुक्रबार श्रम, आप्रवासन, लैङ्गिक र जलवायु परिवर्तनसम्बन्धी बहुसरोकारवालासँगको छलफलमा मन्त्री भण्डारीले अवसरसँगै आफू र आफ्ना सन्तानको भविष्यका लागि आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्मको अवस्था सिर्जना भएको बताएका हुन्।
उनले पूरै गाउँ खालि रहेको र देश खालि भएको भन्दै नेपालमा केही छैन भन्ने भास्य निर्माण गरिएको बताए। विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको बताए।
मन्त्री भण्डारीले नेपालमा गाउँघर के कारणले खाली भए र कसरी फर्काएर गाउँमा नै लिएर जाने भन्ने विषयमा इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘श्रम बजार ठूलो छ, यो नेपालसँगमात्र सम्बन्धित विषय होइन। विश्वभरका मानिसहरू महिला पुरुष सबै आआफ्ना किसिमका अवसरका लागि संसारभर भौँतारिएको अवस्था छ। सबैलाई राम्रो लाउने खाने अथवा अवसर प्राप्तिसँगै छोराछोरीलाई राम्रो शिक्षा दिने चाहनाको आशमा मानिसहरु संसारभरि घुमि नै रहेका हुन्छन्। आप्रवासन भनेको आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्म हुन्छ।’








प्रतिक्रिया दिनुहोस्