ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवा सेजमा चार उद्योग थपिँदै


abc news
असार ६, २०८२ शुक्रबार  १ : ०५ बजे

काठमाडौ ६ असार । विशेष आर्थिक क्षेत्र भैरहवा भैरहवा सेज मा थप चार उद्योग सञ्चालनमा आउने भएका छन् । तीन नेपाली र एक भारतीय लगानीका उद्योग खुल्न लागेका हुन् । सञ्चालनको तयारीमा रहेका उद्योगहरुमा स्वस्तिक उद्योग, डाटा वल्र्ड, इमिटेसन मेटल क्राफ्ट र स्पट इलेक्ट्रिक रहेको भैरहवा सेजका कार्यालय प्रमुख एवं इन्जिनियर सबुत डुम्रेले बताए ।

स्वस्तिक स्टिलका भाँडाकुँडा बनाउने उद्योग हो । डाटा सेन्टर सेवामूलक उद्योग हो भने इमिटेसन मेटलले प्लाटेनियम, रेडियम, चाँदीलगायत धातुका गरगहना उत्पादन गर्नेछ । एक प्लट लिएर उद्योग सञ्चालनको अन्तिम तयारीमा रहेको स्वस्तिकले पूर्वाधार निर्माणका साथै मेसिनरी जडान कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

तीन महिनाभित्रै उत्पादन सुरु गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख डुम्रेले जनाए । त्यसैगरी डाटा वल्र्डले २ प्लट लिएको छ भने इमिटेशन मेटल र स्पट इलेक्ट्रिकले एकरएक प्लट लिएर उद्योग सञ्चालनको तयारीमा छन् । स्पट इलेक्ट्रिक भारत गुजरातको कम्पनी हो । यो कम्पनीले विद्युतीय साइकलको पार्टस् ल्याएर यहाँ एसेम्बल गरी विद्युतीय साइकल उत्पादन गर्नेछ ।

यसअघि भैरहवा सेजमा स्थापना भएका ११ उद्योगमध्ये ९ वटा अहिले चालु अवस्थामा छन् । ती उद्योगहरु शक्ति मिनरल्स, विस्तार ग्लोबल, ब्रिलियन्ट लाइट, तिरुपति मेटल, आरसि इण्डष्ट्रिज, इको नेपाल इनर्जी, हिमालयन ग्रेनाइट, हिमालयन इको इण्डष्ट्रिज र एस पोलिमर्स प्रालि हुन् । पञ्चकन्या एसएस एक्सपोटर्स र जयबुद्ध मेटल क्राफ्ट भने अहिले बन्द छन् ।

सञ्चालनमा रहेका ९ वटा र सञ्चालनमा आउन लागेका ४ उद्योगले सेजको ६८ प्लटमध्ये ३३ प्लट ओगटेका छन् । त्यसैगरी भाटभटेनी समूहले अन्य व्यवसायीसँग मिलेर सञ्चालन गर्न लागेको गार्मेन्ट उद्योग पनि शिलान्यास गरी काम अघि बढिरहेको डुम्रेले बताए । यो गार्मेन्ट उद्योगले ५ प्लट लिएको छ । सञ्चालनमा रहेका उद्योगमा सबैभन्दा धेरै शक्ति मिनरल्सले ८ प्लट लिएको छ ।

यो उद्योगले चुनढुंगा प्रशोधन गर्दछ । त्यस्तै ४ प्लट लिएको बिस्तारले स्टीलका भाँडाकुँडा उत्पादन गर्दै आएको छ भने चारै प्लट लिएको इको नेपालले फर्निस आयल उत्पादन गर्दछ । त्यसैगरी ३ प्लटमा सञ्चालनमा रहेको हिमालयन ग्रेनाइटले मार्बल टायल उत्पादन गर्दछ । २ प्लट लिएको तिरुपति मेटल इण्डष्ट्रिज र २ प्लटमै सञ्चालनमा रहेको आरसि इण्डस्ट्रिजलेले पुराना ब्याट्रीको लिड प्रशोधन गरी नयाँ लिड बनाइरहेका छन् ।

एक प्लट लिएको एस पोलिमर्शले प्लास्टिकका झोला, बोतल प्रशोधन गरी प्लास्टिकको दाना उत्पादन गर्छ । चालु अवस्थामा नरहेका पञ्चकन्याले २ र जयबुद्धले १ प्लट लिएका छन् । पञ्चकन्याको उद्योग सञ्चालनमा नरहे पनि उद्योगबाट उत्पादित स्टिलका टंकीहरु पर्याप्त मौज्दात रहेकाले भारत तथा नेपालमा बिक्री गर्दै आएको छ । धातुका सामान उत्पादन गर्ने जयबुद्धको एक सञ्चालकको निधनपछि यो उद्योग बन्द छ ।

सेज भैरहवाले निकासी गर्न सुरु गरेको ५ वर्षको अवधिमा गत पुस मसान्तसम्म कुल ४ अर्ब ५३ करोडको सामानहरू भारत निकासी एवं आन्तरिक बजारमा गएको छ । सेजका उद्योगबाट उत्पादित सामान निकासी र आन्तरिक बजारमा खपतका लागि २०८१ वैशाखमा कुल उत्पादनको ३० प्रतिशत निकासी र ७० प्रतिशत आन्तरिक बजारमा खपत गर्न सकिने ऐन सरकारले ल्याएको थियो ।

उद्योग सञ्चालनको पहिलो ३ वर्ष उत्पादित सबै सामान स्वदेशमै खपत गर्न सकिने प्रावधान छ । सेजभित्रै सबस्टेशन निर्माण सकिएको छ । सेजभित्रका उद्योगमा आवश्यक कच्चा पदार्थ ल्याउँदा भन्सारमा सतप्रतिशत छुट छ भने उद्योग सुरु भएको पहिलो पाँच वर्ष आयकरमा सतप्रतिशत र त्यसपछि ५० प्रतिशत छुटको व्यवस्था ऐनमा छ । निकासी बढी गरेर व्यापार घाटा कम गराउने लक्ष्यसहित विशेष आर्थिक क्षेत्र स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com