ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली, देउवा र प्रचण्डबीच बैठकका लागि तेस्रोपटक समय निर्धारण


abc news

काठमाडौ ६ असार । प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्न तेस्रोपटक आज शुक्रबार का लागि समय तोकिएको छ।

यसअघि दुईपटक मिति तोकेर पनि तीन शीर्ष नेताबीच भेटवार्ता हुन सकेन।

बिहीबार दिउँसो २ बजे एमाले, कांग्रेस र माओवादीका प्रमुख नेताबीच वार्ता हुने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो। यसअघि बुधबार हुने भनिएको छलफल पनि प्रचण्ड काठमाडौँ उपत्यकाबाहिर रहेकाले हुन सकेन।

आज उनीहरूबीच भेटवार्ताका लागि तेस्रोपटक समय निर्धारण गरिएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार तीन शीर्ष नेताबीच आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल हुनेछ।

उनीहरूबीच प्रतिनिधि सभा बैठकमा भइरहेको अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसद् बैठक सञ्चालन गर्न सहमत भइसके पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले प्रतिनिधि सभामा विरोध जारी राखेका छन्।

यी दुई विपक्षी दल भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडानमा छन्। माओवादी भने यो मुद्दा छाडेर सत्ता पक्षसँग मिलेको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com