ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा कैदी मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथ पक्राउ


abc news

काठमाडौ ५ असार । कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा प्रहरीका एक जना प्रहरी नायब निरीक्षक सई पक्राउ परेका छन्।

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई नियन्त्रणमा लिइएको डीएसपी राजकुमार सिंहले जानकारी दिए।

नाथलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको कैलाली कारागारमा मृत्यु भएको थियो।

मृतककी श्रीमती जानकी साउँदले सई नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै किटानी जाहेरी दिएकी छन्।

किटानी जाहेरीको आधारमा सईलाई पक्राउ गरिएको हो। सई नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन्।

नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो।

फरार रहेका उनलाई २९ जेठमा डडेल्धुराबाट पक्राउ गरेर कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो। ३१ गते बिदा परेका कारण असार १ गते मात्र अदालत पेश गरिएको थियो।

अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो।

अर्को राति कारागारको बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो।

उनको शरीरमा घाउ, निलडाम भएकोले घटनालाई शंकास्पद भन्दै पीडित परिवारले छानविनको माग गर्दै आएको थियो।

आरोपी सई पक्राउ परेसँगै पीडित परिवार शव बुझ्न तयार भएको छ। सेती प्रादेशिक अस्पतालमा शव परीक्षण पछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

घटनको अनुसन्धानको माग गर्दै बुधबार डडेल्धुरामा आन्दोलन समेत भएको थियो।

चौतर्फी दबाबपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले पनि घटनको अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्य छानबिन समिति बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com