काठमाडौ ५ असार । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ ।
बैठकमा विनियोजन विधेयक २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात वटा मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेश गर्ने कार्यसूची रहेको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसदहरूले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन् । माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाको अडान छ ।








प्रतिक्रिया दिनुहोस्