दैलेख, ५ असार । नेपाल सरकार र चीन सरकारवीच भएको सम्झौता अनुसार दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।
नेपाल सरकालाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा मात्रै एक अर्ब १२ करोड घनमिटर मिथेन ग्याँस हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चारवटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरी ग्याँस हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिए।
प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठूलो टेवा पुर्याउने आशा गरिएको छ । ड्रिलिङका बेला सङ्कलन गरिएका नमूनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो ।
दैलेखकै अन्य तीन स्थानमा मिथेन ग्याँसको भण्डारण भएको पनि प्रतिवेदनमा उल्लेख छ । चारवटा भण्डारणबाट ग्याँस प्रशोधन गर्न सकेको खण्डमा नेपाललाई ५० बर्षसम्म पुग्ने प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।
दैलेखका बिभिन्न चारवटा स्थानमा करिब ४ सय ३० अर्ब घन मिटर मिथेन ग्याँस हुनसक्ने प्रारम्भिक प्रतिवेदनले देखाएको मन्त्रालयले जानकारी दिएको छ । अब दैलेखसँगै दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण गर्ने कार्यलाई मन्त्रालयले विशेष रूपमा अगाडी बढाउने तयारी गरेको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरुले जानकारी दिएका छन् ।
चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्न पश्चात् डिसेम्बर भित्र व्यावसायिक उत्पादन परीक्षण सम्पन्न गर्नेगरी सरकारले तयारी थालेको छ ।
प्रधानमन्त्री के।पी।शर्मा ओलिले तत्कालिन समयमा प्रधानमन्त्री हुँदा सन् २०१९ मा चीनसँग दैलेखको पेट्रोलियम अन्वेषणका लागि जिटुजी सम्झौता भएसँगै सुरु गरिएको कार्य निश्कर्षमा पुग्ने तयारीमा छ ।







प्रतिक्रिया दिनुहोस्