ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई मोदीले भने- पाकिस्तानको मामलामा भारतले कहिल्यै मध्यस्थता स्वीकार गर्दैन


abc news

काठमाडौ ४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पाकिस्तानको मामलामा भारतले कहिल्यै मध्यस्थता स्वीकार नगर्ने बताएका छन्।

भारतले जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणको जबाफ पाकिस्तानमाथि आक्रमण गरेपछि गत महिना दुई देशबीच चार दिन युद्ध भएको थियो।

सुरूमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान तत्कालै युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए। तर, भारतीय विदेश सचिव विक्रम मिस्रीले भने पाकिस्तानका सैन्य अपरेसनका महानिर्देशकले भारतीय समकक्षीलाई फोन गरेपछि युद्ध रोकिएको बताएका थिए। यसरी, पाकिस्तानले पहिले पहल गरेको सन्देश मिस्रीले दिएका थिए।

पाकिस्तानले अमेरिकी मध्यस्थता स्वीकार गर्दै ट्रम्पलाई धन्यवाद दिएको थियो। तर, भारतले भने अहिलेसम्म आधिकारिक रूपमा त्यसलाई स्वीकार गरेको छैन। त्यसैको निरन्तरता स्वरूप मोदीले भारतले पाकिस्तानबारे कहिल्यै मध्यस्थता स्वीकार नगरेको, अहिले स्वीकार नगर्ने, र भविष्यमा पनि कहिल्यै स्वीकार नगर्ने बताएका छन्।

आइतबारदेखि सुरू भएको जी–७ राष्ट्रहरूको सम्मेलनमा भाग लिन क्यानडा गएका मोदीले मंगलबार ट्रम्पसँग फोनमा कुरा गर्दै सो कुरा बताएका हुन्।

इसराइल(इरान युद्धका कारण ट्रम्प सो सम्मेलन बीचमै छाडेर सोमबार अमेरिका फर्किएकाले मोदीको उनीसँग एक्ला(एक्लै भेट हुन पाएन।

मंगलबार ट्रम्पसँग ३५ मिनेट फोनमा कुराकानी गरेर मोदीले त्यसबारे ट्रम्पलाई स्पष्ट पारेको विदेश सचिव मिस्रीले जानकारी दिए।

सैन्य सञ्चालन रोक्ने बारेको छलफल भारत र पाकिस्तानबीच विद्यमान सैन्य च्यानलहरूमार्फत प्रत्यक्ष रूपमा भएको थियो र यो पाकिस्तानको अनुरोधमा थियो,ु भनेर मोदीले ट्रम्पलाई बताएको मिस्रीले खुलाए।

अमेरिकी मध्यस्थतामा युद्ध रोकिएको सार्वजनिक रूपमा स्वीकार समेत नगरेकोमा ट्रम्पले भने युद्धविराम भएको भोलिपल्ट कश्मीरको मामलामा समाधान खोज्न दुवैसँग मिलेर काम गर्ने बताएका थिए।

पाकिस्तानसँग युद्ध लगायतका द्विपक्षीय मामलामा समेत कसैको मध्यस्थता नचाहने भारतलाई उसले अभिन्न अंग भन्दै आएको जम्मू–कश्मिरबारे समेत मध्यस्थता गर्ने ट्रम्पको घोषणाले अप्ठेरो पारेको थियो।

ट्रम्पले त्यसपछि पनि युद्ध रोके अमेरिकाले भारतसँग व्यापार सम्झौता गर्ने भनेपछि भारत युद्धविरामका लागि राजी भएको दाबी गरेका थिए।

मोदीले पाकिस्तानसँग भएको युद्ध रोक्ने क्रममा भारत(अमेरिकाको व्यापारबारे केही पनि चर्चा नभएको पनि ट्रम्पलाई स्पष्ट पारेको मिस्रीले बताए।
यी सबै कुरामा मोदीले ट्रम्पसँगको कुराकानीमा नै भारतको आधिकारिक धारणा राखेका हुन्।

कुराकानीका क्रममा यही वर्ष भारतले आयोजना गर्ने क्वाड शिखर सम्मेलनका लागि मोदीले दिएको निम्तो पनि ट्रम्पले स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com