ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अमेरिकी सैन्य अखडामा हान्न इरानले क्षेप्यास्त्र तयार गर्‍यो’


abc news

काठमाडौ ४ असार । इरानले आफूविरुद्धको इजरायली आक्रमणमा अमेरिका सहभागी भए उसका मध्यपूर्वमा रहेका सैन्य अखडाहरूमा आक्रमण गर्न क्षेप्यास्त्र र अन्य सैन्य सामग्री तयार गरेको वासिङ्टनका अधिकारीहरूले बताएका छन्।

यो युद्धमा अमेरिका सहभागी हुने सम्भावना बढ्दै गएको छ। इजरायलले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हमलामा सहभागी हुन दबाब दिइरहेका बेला अमेरिकी अधिकारीहरूमाझ युद्धको त्रास बढेको छ।

ट्रम्पले इरानलाई निसर्त आत्मसमर्पण गर्न भनेका छन्। उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी रहेको ठाउँ आफूलाई थाहा नभए पनि तत्काल उनको हत्या नगर्ने ट्रम्पको भनाइ छ।

अमेरिकाले आकाशमै लडाकु विमानलाई इन्धन भर्ने करिब तीन दर्जन हवाइ ट्यांकर युरोप पठाइसकेको छ। तिनलाई इरानमाथि हमला गरेको अवस्थामा उपयोग गरिने छ।

इरानको फोर्डो आणविक केन्द्र गहिरो सुरुङभित्र छ। जसलाई ध्वस्त पार्न इजरायलले मात्र नसक्ने बताइँदै छ। त्यसैले सो केन्द्रमा आक्रमण गर्न अमेरिका पनि सहभागी हुनसक्ने बताउन थालिएको छ।

यदि त्यसो भएमा इरानको सहयोगमा सञ्चालित हुती समूहले लाल सागरमा जहाजहरूमाथि हमला गर्ने निश्चिप्राय भएको अमेरिकी अधिकारीहरूको भनाइ उधृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ। त्यस्तै, इराक र सिरियाका इरानसमर्थित समूहहरूले पनि अमेरिकी शिविरमा हमला गर्ने सम्भावना छ।

अमेरिकाले हमला गरेमा इरानले हार्मुज जलसन्धिमा धराप थाप्ने अमेरिकी अधिकारीहरू बताउँछन्। अमेरिकी युद्धपोतहरू पर्सियन गल्फमा रोक्ने उदेश्यले इरानले सो कदम चाल्न सक्छ।

त्यसैले सो क्षेत्रमा अमेरिकाले आफ्ना सैनिकहरूलाई सतर्क तुल्याएको छ। यूएई, जोर्डन, साउदी अरबसहित सो क्षेत्रमा ४० हजार अमेरिकी सैनिक छन्।

दुई इरानी अधिकारीहरूले पनि आफूविरुद्ध आक्रमण भए अमेरिकी अखडामाथि प्रहार गर्ने स्वीकार गरे।

इरानी विदेशमन्त्री अब्बास आराग्चीले सोमबार युद्ध विस्तार भए दोष इजरायल र उसका मुख्य समर्थकहरूको हुने बताएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com