ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–इरान युद्धको विरोधमा काठमाडौँमा शान्ति समाजको प्रदर्शन


abc news

काठमाडौ ४ असार । इजरायल र इरानबीचको युद्ध अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौँमा प्रदर्शन गरेको छ। समाजले बुधबार काठमाडौँस्थित इजरायल दूतावास र इरानी वाणिज्य दूतावासअगाडि शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो।

मानवअधिकार तथा शान्ति समाजले सुरु गरेको युद्धका विरुद्धको अभियान स्वरूप प्रदर्शन गरिएको हो। समाजका सभापति रेनुका पौडेलले इजरायली दूतावासअगाडि आधा घण्टा र इरानी वाणिज्य दूतावास पनि आधा घण्टा प्रदर्शन गरेको बताइन्। उनले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताइन्। उनले इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरिएको जानकारी दिइन्।

‘मानवअधिकार तथा शान्ति समाजमा पछिल्लो समय इजरायल र इरानबीचमा जुन खालको युद्ध भइराखेको छ, त्यसविरुद्ध अभियान सञ्चालन गरेको छ,’ पौडेलले भनिन्, ‘संसारको जुनसुकै कुनामा भएको युद्ध पनि हामी चुप लागेर बस्न सक्दैनौँ। इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्छ भन्ने आग्रहसहित प्रदर्शनमा छौँ।’

समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने बताए। इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको जिकिर गरे।

त्यस्तै इजरायलले पहिले यो युद्ध सुरु गरेको कारणले इजरायल नै शान्तिको लागि पहल गर्नुपर्नेमा पहाडीले जोड दिए। ‘इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्छ र लोकतन्त्र बहाली गर्नुपर्छ,’ उनले भने, ‘त्यस्तो नहुँदा आज इरान एक्लो भएको छ। इजरायलले पहिले यो युद्ध सुरु गरेको हुनाले इजरायलले शान्तिको लागि पहल पनि गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com