धरान, ४ असार । धरान र पछिल्लो समय धरान उपमहानगरपालिकामा मेयर र उपमेयरको बिबाद चर्किदा मुठभेटको स्थिति बनेको छ ।
मंगलबार दिउँसो धरान १० नारायणपथबासीहरु डोजर, जेसिबी र टिप्परको चाबी उपमेयर अईन्द्रबिक्रम बेघाले खोसेको भन्दै चाबी माग्न आएका थिए ।
सो क्रममा माओवादीका युवाहरुले नारायणपथबासीलाई गाली गलौज गर्न थालेपछि तनाब भएको थियो । मेयर हर्क साम्पाङको कार्यकक्षमा उपमेयरसंग छलफल हुनेक्रममा बाहिर माओबादीको समूह र श्रमदाता बिच तनाबपुर्ण अबस्था सृर्जना भएको थियो । मंगलबार दिभरी जस्तै धरान उपमहानगरपालिका तनाबग्रस्त बनेको थियो ।
केही दिन अघि धरान १६ मा भएको श्रमदानमा लगाईएको तारजालीको पैसा निकासा गर्ने बिषयमा मेयरले विधि र प्रकृया मिचेको भनेर मेयर हर्क साम्पाङ र उपमेयर अईन्द्रबिक्रम बेघाबिच बिवाद चुलिएको हो । सो क्रममा उपमेयरले डोजर र टिप्परको चाबी खोसेका थिए ।








प्रतिक्रिया दिनुहोस्