ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कटल्याण्डमाथि नेपालको संघर्षपूर्ण जित


abc news

काठमाडौं, ४ असार। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

जितका लागि पाएको ९८ रनको लक्ष्य नेपालले १९।५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए ।

दिपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए । अन्यबाट दोहोरो अंकमा रन बन्न सकेन । लोकेश बमले ९, रोहित पौडेलले ७ तथा अनिल साह, रुपेश सिंह र करण केसीले समान ३ रन बनाए ।
नेपाल ३८/ ३ को अवस्थामा हुँदा कुशल र दिपेन्द्रले २२ रनको साझेदारी गरे । त्यसपछि नेपालले ६० रनमा चौथो, ७५ रनमा पाँचौं, ७७ रनमा छैटौं, ८७ रनमा सातौं र ९७ रनमा आठौं विकेट गुमाएको थियो ।

२ बलमा १ रन आवश्यक हुँदा करण केसीलाई साथ दिन क्रिजमा आएका सन्दीप लामिछानेले हल्का ब्याटले खेलेर १ रन पूरा गरेसँगै नेपाल विजयी भयो । स्कटल्याण्डले स्ट्राइकर्स एन्डमा रनआउटको प्रयास गरेपनि करणले रन पूरा गरिसकेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाएको थियो । माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए । म्याथ्यु क्रसले १५ तथा ब्रान्डन म्याकमुलेनले १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ११ रन मात्र दिएर ४ विकेट लिए । करण केसी र दिपेन्द्रसिंह ऐरीले २/२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए ।

स्कटल्याण्डले ५ ओभरभित्रै ५ विकेट गुमाइसकेको थियो । त्यसपछि क्रस र लिस्क मिलेर ३९ रनको साझेदारी गरेपनि क्रस आउट भएपछि लिस्कलाई क्रिजमा साथ नमिल्दा राम्रो स्कोर बनाउन सकेन ।

नेपाल यसअघि पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा गएर पराजित भएको थियो । नेपालले अब नेदरल्याण्ड्ससँग बिहीबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com