काठमाडौ ३ असार । बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ का ६१ वर्षीय श्याम कुमार कार्की र नुवाकोटको विदुर नगरपालिका–७ की ३४ वर्षीया अस्मिता तामाङ रहेका छन्।
श्याम कुमार कार्कीविरुद्ध एक करोड २९ लाख रुपैयाँ बिगो कायम रहेको छ भने अस्मिताउपर १ लाख ५ हजार रुपैयाँ कायम गरिएको छ।
काठमाडौँ जिल्ला अदालतबाट श्याम कुमार कार्कीविरुद्ध २०८१ चैत १ गते र अस्मिता तामाङविरुद्ध २०८२ वैशाख ३१ गते पक्राउ अनुमति लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको छ।







प्रतिक्रिया दिनुहोस्