ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमा स्वार्थ समूहको प्रभाव देखियो- वर्षमान पुन


abc news

काठमाडौ ३ असार । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आर्थिक वर्ष ०८२र०८३ का लागि सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको बजेट सत्तारुढ गठबन्धनका दलहरूकै घोषणापत्र र नीति प्रतिवद्धता विपरीत भएको बताएका छन्।

मंगलबार राजधानीमा ‘बजेट कसका लागि रु’ शीर्षक पोष्टबजेट छलफलमा बोल्दै पुनले बजेटमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलको दल एमालेभन्दा नेपाली कांग्रेसको नीति र प्रभावको बढी झल्को देखिएको टिप्पणी गरे।

उनका अनुसार गठबन्धन सरकारको नेतृत्वकर्ता एमालेका बजेटीय दृष्टिकोणभन्दा फरक ढंगले बजेटमा काँग्रेसको बजारमुखी र उदार आर्थिक धार प्रमुख रूपमा अभिव्यक्त भएको छ।

पुनले मध्य गर्व र तल्लो वर्गलाई उपेक्षा गरिएको यो वर्षको बजेट उच्च वर्ग र ठूला व्यवसायिक घरानाको हितअनुकूल बनेको दाबी गरे। ‘बजेटले माथिल्लो वर्गलाई खुसी बनाएको देखिन्छ’, उनले भने, ‘जनताको आवश्यकता र सत्तारुढ दलका चुनावी घोषणापत्रमा प्रतिबद्धता बजेटमा कतै देखिँदैन।’

पुनले बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहहरूको प्रभाव अत्यधिक बढेको समेत बताए। नीतिगत निर्णयमा दबाब सिर्जना गर्दै कर छुट, कर संरचना, तथा विनियोजनमा बिचौलिया र स्वार्थ समूहको हस्तक्षेप स्पष्ट देखिएको उल्लेख गरे।

बजेटलाई प्राविधिकभन्दा राजनीतिक दस्तावेज भएकाले यस्ता हस्तक्षेपले जनता केन्द्रित हुनेपर्ने राज्यको नीति र उद्देश्य नै कमजोर बनाउने खतरा उनले औंल्याए। ‘राज्य सञ्चालन पहिलाको जस्तो अपारदर्शी गर्न अहिलेको समयमा सम्भव छैन। आजको युगमा यस्ता चलखेल जनताले बुझ्न सक्छन्’, उनले भने, ‘बजेटलाई जनताले तिरेको करको पैसाबाट निर्माण गरिएको साझा सम्पत्ति सम्झनुपर्छ, व्यक्तिगत सम्पत्ति होइन।ु

पूर्वअर्थमन्त्री पुनले यस पटकको बजेट एमालेको परम्परागत नीति धारभन्दा पृथक भएको उल्लेख गरे। एमालेले विगतमा सामाजिक सुरक्षा र निम्न तथा मध्यम वर्गमुखी कार्यक्रमलाई प्राथमिकता दिने गर्थ्यो,” उनले भने, ‘तर अहिले ती वर्गलाई छोडेर माथिल्लो वर्गलाई लाभ हुने नीतिमा अघि बढेको देखिन्छ।’

बजेटले पछाडि परेका वर्गलाई मूलधारमा ल्याउने र प्रतिस्पर्धी वर्गलाई सशक्त बनाउने उद्देश्य बोक्नुपर्नेमा त्यसो हुन नसकेको उनको टिप्पणी थियो।

‘औचित्य, पारदर्शिता, सहभागिता र व्यावसायिकताको सिद्धान्तमा आधारित बजेट निर्माण आजको आवश्यकता हो’, पुनले भने, ‘नत्र जनताको करको पैसा व्यक्तिगत र दलगत हितमा खर्च हुने खतरा अझ गहिरिँदै जान्छ।’

फरक प्रसंगमा पुनले संघीय सरकारले अधिकार मुठ्याएर राख्दा प्रदेश तह संरचनागत रूपमा कमजोर रहेको बताए। संघीय निजामती र शिक्षाजस्ता कानुन निर्माणमा बिलम्ब भएका कारण संघीयता कमजोर बन्ने खतरा रहेको औंल्याउँदै उनले संवैधानिक अभ्यासलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com