काठमाडौ ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन गलामा भिरेर संसद् बैठकमा सहभागी भएको विषयमा नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अमर्यादित पोसाक लगाउन नपाइने संसद्को नियमावलीमा स्पष्ट उल्लेख भए पनि निलो पोसाक भिरेर आएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्।
रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उनको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरू आज निलो रिबन भिरेरै संसद् बैठकमा सहभागी छन्।
रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार मानव तस्करीविरुद्धको अभियानलाई विश्वभर निलो रिबनुको प्रतिकले जनाउने भएकोले आफूहरू त्यस्तै गरी प्रस्तुत भएको बताए।
रास्वपा गत जेठ १३ गतेदेखि लगातार सदनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै विरोध जनाउँदै आइरहेको छ। तर सत्तापक्षले भने यसलाई इन्कार गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्