काठमाडौ ३ असार । प्रतिनिधिसभामा आजको बैठकमा पनि रास्वपा र राप्रपाले विरोध जारी राखेका छन्। आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गरेको जानकारी गराएसँगै रास्वपा र राप्रपाका सांसदले उठेर टेबल ठोक्दै विरोध जनाएका हुन्।
सभामुख घिमिरले पटकपटक उनीहरूलाई आसनग्रहणका आग्रह गरे पनि उनीहरूले आफूहरूलाई पहिले बोल्न दिन आग्रह गरेका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने रास्वपासहितको विपक्षीको माग छ। तर, कांग्रेस(एमाले र माओवादीले भने गत शुक्रबार नै सदन सञ्चालनको विषयमा दुई बुँदे सहमति गरेका छन्। बिहीबारसम्म माओवादी पनि रास्वपाकै मागअनुसार विरोधमा थियो।
रास्वपाका सांसदहरूले यसअघिको बैठकमा पनि वेल घेराउ गर्दै विरोध जनाएका थिए।
आजको बैठकमा पनि विरोध जारी राखेपछि सभामुख घिमिरेले रास्वपाकी सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिए।
प्रतिक्रिया दिनुहोस्