ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४ हजार २ सय ३० किलो गाँजासहित २ ट्रक नियन्त्रणमा


abc news
असार ३, २०८२ मंगलबार  १ : ५६ बजे

काठमाडौ ३ असार । सुनसरीमा ४ हजारभन्दा बढी गाँजासहित दुईवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको धरान उपमहानगरपालिका–१३ र इटहरी उपमहानगरपालिका–२० बाट ४ हजार २ सय ३० किलोग्राम लागु औषध गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

असार २ गते धरान–१३ शिवधारास्थित कोसी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो।

यसै गरी असार ३ गते इटहरी–२० स्थित तरहरा जंगल नजिकै कोसी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना। ५ ख ६११६ नम्वरको ट्कमा ७० वटा प्लास्टिकको वोरामा प्याकगरी माथिबाट बन्दाकोवी र आलुको बोराले छोपेर ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

लागु औषध गाँजा बरामद भएसंगै ट्रक चालक धनकुटा सहिदभुमी गाउँपालिका–६ का राजेन्द्र राईसहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र– ९ का सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिईएको छ।

चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका–८ का नारायणप्रसाद राईलाई ९ किलो ९०० ग्राम लागु औषध गाँजासहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com