काठमाडौ ३ असार । जुम्लाको चन्दननाथ नगरपालिक – ७ खल्लाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार गएराति चन्दननाथ नगरपालिकाको एअरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ गुडिरहेको लु २ त १११५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चन्दननाथ – ९ का २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्र्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की घाइते भएका प्रहरी निरीक्षक रसाइलीले जानकारी दिनुभयो । घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस्