ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजराइलले गर्‍यो इरानको सबैभन्दा ठूलो आणविक केन्द्रमा मिसाइल हमला


abc news
असार ३, २०८२ मंगलबार  १ : २७ बजे

काठमाडौ ३ असार । इजराइलले इरानको सबैभन्दा ठूलो आणविक केन्द्रमा हमला गरेको छ।

इजराइलले इरानको इस्फाहान प्रान्तको नातान्जमा रहेको युरेनियमा संवर्द्धन केन्द्रमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रोयटर्सका अनुसार इजराइली हमलमा केन्द्रको संरचनामा क्षति पुगेको र केही प्रयोगशाला र विद्युत प्रणाली प्रभावित भएको छन्।

नतान्ज युरेनियम समृद्धिकरण केन्द्र हो। यूरेनियम ग्यासलाई उच्च स्तरसम्म समृद्ध गरेपछि आणविक इन्धन र हतियारका रूपमा प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानले त्यस क्षेत्रमा भूमीगत सुरूङ बनाएर युरेनियम समृद्धिकरण गर्दै आएको थियो। इरानी सुरक्षास्रोतहरूले प्रारम्भिक क्षतिको विवरण सार्वजनिक नगरे पनि केही संरचनामा क्षति भएको र वैज्ञानिकहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्। मानवीय क्षति सम्भावना न्यून रहेको बताइएको छ।

इरानले आक्रमणको जबाफ दिने बताएको छ। संयुक्त राष्ट्रसंघीय निकाय आईएईए आणविक क्षेत्रमा भएको हमलालाई नजिकबाट हेरिरहेको बताएको छ। हालैका वर्षहरूमा इरानले यही केन्द्रमार्फत ६० प्रतिशतसम्म समृद्ध यूरेनियम उत्पादन गर्दै आएको छ।

नतान्जमा रहेका करिब १५,०० सेंट्रिफ्यूजहरू नष्ट भएको बताइएको छ। शुक्रबारको हमलामा इरानका आणविक वैज्ञानिक नै मारिएका थिए।

इसराइलले शनिबार पनि नतान्जमै रहेको सबैभन्दा ठूलो तेलभण्डारमा आक्रमण गरेको थियो।

ल्अज
िल्अभिि
सोमबार इरानले पनि इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा हमला गरेको थियो।

इरान(इसराइलबीचको तनाव पाँचौं दिनमा प्रवेश गरेको छ।

तनाव बढ्दै जाँदा दुवै देशले एक अर्कामाथि सशक्त प्रहार गरिरहेको बताइएको छ। पाँच दिनसम्म इरानमा कम्तिमा २२४ जनाको र इसराइलमा कम्तिमा २४ जनाको मृत्यु भएको बताइएको छ।

इरानमा एक हजार भन्दा बढी घाइते भएका छन्। इसराइलमा पनि इरानी आक्रमणबाट सयौं घाइते भएका छन्।

इसराइलले आफ्नो आकाशमा नियन्त्रण कायम गरेकाले अब आक्रमण तीव्र बनाउने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com