ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जाँदै


abc news
असार ३, २०८२ मंगलबार  १ : २० बजे

काठमाडौ ३ असार । प्रधानमन्त्री केपी शर्मा ओली असार तेस्रो साता स्पेन जाने भएका छन् । परराष्ट्र मन्त्रालयले उनको यात्राको तयारी गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको विकासका लागि वित्तपोषण फाइनान्सिङ फर डेभलपमेन्ट० चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् ।

मन्त्रालयले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे हालसम्म औपचारिक रूपमा केही बताएको छैन । कुनै विशेष कारणले कार्यक्रममा फेरबदल नभएको स्थितिमा प्रधानमन्त्री ओली असार १५ मा स्पेन यात्राका लागि जाने निश्चित भएको मन्त्रालय स्रोतले जनाएको छ ।

सम्मेलन स्पेनको सेविला सहरमा असार १६–१९, 3० जुनदेखि ३ जुलाई सम्म हुँदै छ । सम्मेलनको समाप्तिपछि २० असारमा फर्किने गरी प्रधानमन्त्रीको भ्रमण कार्यतालिका तयार गरिँदै छ । प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत रहने छिन् । भ्रमण दलका अन्य सदस्यहरूको भने अझै टुंगो लाग्न बाँकी छ ।

संयुक्त राष्ट्रसंघद्वारा अतिकम विकसित र विकासशील देशहरूको विकासका लागि आर्थिक स्रोत तथा सुविधाहरू उपलब्ध गराउन यस्तो सम्मेलनको आयोजना हुँदै आएको छ । यसअघि सन् २००२, २००८ र २०१५ मा तीन वटा यस्ता सम्मेलनका आयोजना गरिएको थियो । सम्मेलनका क्रममा विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठन, वित्तीय र व्यापार संस्थान, नागरिक समाज र संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले विकासका लागि वित्तपोषण र बलियो अन्तर्राष्ट्रिय सहायतासम्बन्धी विभिन्न सत्रमा छलफलमा सहभागी हुनेछन् ।

दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि वित्तीय स्रोत जुटाउन सम्मेलनले भूमिका खेल्ने जनाइएको छ । सम्मेलनमा ५० भन्दा बढी राष्ट्राध्यक्ष, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संगठनसहित विभिन्न क्षेत्रीय वित्तीय संस्थाका प्रमुखहरूको सहभागिता रहनेछ । युनिसेफ, विश्व स्वास्थ्य संगठन जस्ता सहयोगी संस्थाहरूको उपस्थिति पनि सम्मेलनमा रहनेछ ।

नेपाल अतिकम विकसित राष्ट्र एलडीसी समूहको अध्यक्ष हो । प्रधानमन्त्री ओलीले त्यहाँ नेपालसँगै अतिकम विकसित राष्ट्रका नेताका हिसाबले समेत प्रतिनिधित्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com