काठमाडौ ३ असार । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक डीआईजी गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा गर्ने निर्णय भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि १५ जेठमा ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।
२ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश ९सीपी० गौतम अनिवार्य अवकाशमा गएका थिए ।
सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका थिए । उनकै ठाउँमा ठाडा मगर एआईजी बढुवा भएका हुन् ।








प्रतिक्रिया दिनुहोस्