ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनओसी अनियमितता बारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन


abc news
असार ३, २०८२ मंगलबार  १ : ०९ बजे

काठमाडौ ३ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र एनओसी मा भाइरहेको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।

मन्त्रालयअन्तर्गतको सानोठिमिस्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार प्रकाशित भएको थियो ।

देश अनुसार फरक(फरक घुस रकम लिएर एनओसी बनाउने गरेको पाइएको छ । ३० हजारदेखि एक लाख माथिसम्म विद्यार्थीबाट कर्मचारीले असुल्ने गरेका छन् ।

योसँगै शिक्षा मन्त्रालयले छानबिन कार्यदल नैगठन गरेर अनुसन्धान सुरु भएको बताएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार छानबिन गर्न कार्यदल गठन गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।

मन्त्रालयका अनुसार शिक्षामन्त्री रघुजी पन्तले निश्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।

अनियमितता भएको भेटिएमा कार्यदलले कारबाहीको लागि सिफारिस गर्ने छ ।

छानबिन र अनुसन्धान कार्यदललाई एक महिनाको समय दिइएको छ । ‘विभिन्न सवाल उठेको छ । सेवाग्राहीबाट असुविधा भएको गुनासो आएका छन् । अध्ययन गर्न कार्यदल बनाइएको हो’, प्रवक्ता सापकोटाले भने ।

कार्यदलले एनओसीमा भइरहेको विकृतिबारे अध्ययन अनुसन्धान गरेर नीतिगत सुधारको प्रस्ताव पनि गर्ने छ ।

कार्यदलका संयोजक काप्रीले समितिले काम सुरु गरेको बताए । ‘कार्यदलले काम सुरु गरेको छ’, उनले भने, ‘अनियमितताको विषय पनि उठेको छ । कार्यदलले समग्र अध्ययन गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com