काठमाडौ ३ असार । क्यानडाको कानानास्किसमा सम्पन्न शिखर सम्मेलनपछि जी(७ देशका नेताहरूले इजरायल र इरानको द्वन्द्वबारे संयुक्त विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘हामी, जी(७ का नेताहरू मध्यपूर्वमा शान्ति र स्थिरताप्रति हाम्रो प्रतिबद्धता दोहोर्याउँछौँ।’
उनीहरूले विज्ञप्तिमा ुइजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेकोु उल्लेख गरेका छन्।
उता इरानलाई भने ुक्षेत्रीय अस्थिरता र आतंकको वास्तविक स्रोतु भनी आरोप लगाएका छन्।
जी(७ नेताहरूले अगाडि भनेका छन्, ‘हामीले निरन्तर भनिरहेका छौँ( इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न सक्दैन।’
विज्ञप्तिमा इरानी संकट समाधानले गाजामा युद्धविरामसहित मध्य पूर्वकै युद्धमा ठूलो कमी ल्याउने दाबी गरिएको छ।
जी(७ नेताहरूले आफूहरू अन्तर्राष्ट्रिय ऊर्जा बजारप्रति सतर्क र यसको स्थिरता जोगाउन आफ्ना साझेदारसँग मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्