ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला अदालतमा रवीन्द्र मिश्रको बयान


abc news
असार ३, २०८२ मंगलबार  १२ : ५६ बजे

काठमाडौ ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जिल्ला अदालत काठमाडौँमा बयान दिइरहेका छन्।

राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर भएपछि मिश्र मंगलबार अदालतमा हाजिर भएका हुन्।

थुनछेक बहसअघि जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको बयान चलिरहेको छ। यसपछि आजै थुनछेक बहस हुने र आदेश गर्ने जिल्ला अदालतको तयारी छ।

यसअघि सोमबार राप्रपाका महामन्त्री समेत रहेका सांसद धवलशमशेर जबरा अदालतमा हाजिर भएका थिए। यही मुद्दामा राणालाई अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। राणा धरौटी बुझाएर रिहा भएको भोलिपल्ट मिश्र अदालतमा उपस्थित भएका हुन्।

यसअघि अनुसन्धानको क्रममा मिश्रलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दिएर रिहा भएका मिश्र अरुको थुनछेक पछि मात्रै अदालतमा उपस्थित भएका हुन्।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा मिश्र पनि सहभागी थिए। यो घटनामा ४ नाबालकसहित ६५ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com