काठमाडौ २ असार । भारतीय पक्षले दार्चुलास्थित महाकाली पुलको बाटो बन्द गराएको छ।
एकजना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले भारतीय स्थानीयले पुलको बाटो बन्द गराएका हुन्।
दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला आउजाउ गर्ने बाटो सोमबार बिहानदेखि बन्द गराउँदा स्थानीय महाकाली वारिपारी गर्न पाएका थिएनन्।
सोमबार अपरान्हपछि बाटो सुचारु भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए।
धारचुलामा भारतीय नागरिक कमलेश दानुको जुन ७ तारिखको दिन चक्कु प्रहार गरी हत्या भएको थियो।
हत्यामा संलग्न दुई जना व्यक्ति भागेर नेपाल आएको अपुष्ट खबर सार्वजनिक भएपछि दबाब दिने उद्देश्यले भारतीयले पुल बन्द गराएका हुन्।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नेपाल आएका भनिएका हत्या आरोपीको खोजी भइरहेपनि फेला परेका छैनन्।








प्रतिक्रिया दिनुहोस्