ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको विकासमा भारत सबै किसिमको सहयोग गर्न तयार छ – भारतीय राजदूत सिंह पुरी


admin

काठमाडौँ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रियता र समानतालार्ई सर्वोपरि राखी सरकारले मित्रराष्ट्रसँग सम्बन्ध सुदृढ गर्ने बताउनुभएको छ ।

नेपाल र भारतबीचको सम्बन्धलाई अझ बढी सुदृढ बनाउने र प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन लागेको भारत भ्रमणका बेला राष्ट्रहितका लागि उठाउनु पर्ने मुद्दाहरुका बारेमा आज नेपाल भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकारले झण्डै तीन चौथाइ जनमत प्राप्त गरेको र अब देशमा राजनीतिक स्थीरता आएकाले जनअपेक्षा अनुरुप सरकार पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीतिमा अधि बढ्छ भन्नुभयो ।

उहाँले नेपाल र भारतबीच असल छिमेकीको सम्बन्ध अझ विस्तार गरिने बताउनुभयो । उहाँले विकास र समृद्धिका लागि विदेशमा रहेका देशका राजदूतावासलाई आर्थिक कूटनीतिकका माध्यमबाट लगानी भित्रयाउन परिचालन गरिने बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीले नेपालको विकासमा भारत सबै किसिमको सहयोग गर्न तयार छ भन्दै नेपालले जलविद्युत्,पर्यटन र लगानीमैत्रीमा जोड दिनुपर्ने सुझाब दिनुभयो ।

कार्यक्रममा वत्ताहरुले प्रधानमन्त्रीको भारत भ्रमणका बेला नेपालको भारतसँगको व्यापार घाटा कम गर्न, जलविद्युत् पर्यटन र उद्योगक्षेत्रमा भारतीय लगानी बृद्धि गर्ने बारेमा आपसी छलफल गरिनुपर्ने सुझाब दिनुभएको थियो ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी,नेकपा(माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेल,नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय,सांसद ह्रदयेस त्रिपाठी, नेत्री हिसिला यमी,डा सुन्दरमणि दिक्षितले नेपाल र भारतबीच जनस्तरमा रहेको प्रगाढ आर्थिक,सामाजिक,साँस्कृतिक र धार्मिक सम्बन्धबारे चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाभर ट्रम्प–विरोधी प्रदर्शनहरू

बिल गेट्स र नरेन्द्र मोदीको सम्वन्धमा कुनै आलोचनान्तमक शब्द छैन : न्यूयोर्क टाइम्स

भाइरसले अल्जाइमर रोगलाई कसरी ट्रिगर गर्छ भन्ने नयाँ खोज

स्पेनका पूर्वप्रधानमन्त्री लेख्छन् : ‘ट्रम्पको दृष्टिकोण विश्वस्तरमा अलगाववादी’

भारत, ट्रम्प २ः० बाट लाभान्वित भइरहेको छ

अर्को आणविक युगको लागि तयार होऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com