ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वीमा खस्दैछ चीनको एक बन्द स्पेस स्टेशन, समय र ठाँउ यकिन छैन


admin

काठमाडौं, १४ चैत । चीनले प्रक्षेपण गरेको स्पेस स्टेशनको एक टुक्रा पृथ्वीमा खस्ने उक्त स्टेशनको निगरानि गरिरहेका वैज्ञानिकहरुले बताएका छन् ।

‘द तियाङगोग-१’  नाम दिइएको उक्त स्पेस स्टेशनलाई चीनले सन् २०११ मा अन्तरिक्षमा पठाएको थियो । यसले आफ्नो मिसन पाँच बर्षपछि यानिकी २०१६ मा पूरा गरेको थियो ।

मिसन सकिएपछि उक्त स्टेशन पृथ्वीमा फर्किने छ वा फर्किने छैन भन्ने अनुमान गरिदै आईएको थियो । अहिले नियन्त्रण टोलीको बाहिर रहेको यो बन्द स्टेशन कहिले र कहाँ पृथ्वीमा खस्नेछ भन्ने तय गर्न गाह्रो भएको छ ।

तर एक नयाँ अनुमान अनुसार वैज्ञानिकहरुले यो ३० मार्च र २ अप्रिलको बिचमा पृथ्वीमा खस्न सक्ने बताएका छन्।

प्रक्षेपण गरिएका अधिकांश स्पेस स्टेशन अंतरिक्षमा नै जलेर नष्ट हुन्छन तर कुनै टुक्राहरु नष्ट नहुन सक्छन जुन पृथ्वीमा खस्न सक्ने खतारा हुन्छ।

‘द तियाङगोग-१’ चीनको महत्वकांक्षी अन्तरिक्ष कार्यक्रमको एक हिस्सा थियो। यसलाइ चिनको २०२२ मा अन्तरिक्षमा मानव स्टेशन स्थापित गर्ने लक्ष्यको पहिलो चरण मानिन्छ।

कहाँ खस्‍न सक्छ ?

चीनले २०१६ मा पुष्टि गरेको थियो, उसको ‘द तियाङयोग-१’ संग सम्पर्क टुटेको र उनीहरुले यसलाइ नियन्त्रण गर्न सकेका छैनन्।

पृथ्वीमा यो टुक्रा भू-मध्य रेखाको ४३ डिग्री उत्तर देखि ४३ डिग्री दक्षिणको बिचमा खस्नसक्ने द युरोपियन स्पेस एजेन्सीले भनेको छ। उसले यो ३० मार्च देखि २ अप्रिलको बिचमा पृथ्वीका वायुमण्डलमा प्रवेश गर्ने अनुमान लगाएको छ।

कसरी खस्‍नेछ ?

यो टुक्रा विस्तारै–विस्तारै पुथ्वीको नजिक आइरहेको छ।’जब यो पृथ्वीबाट १०० किलोमिटरको नजिकमा आउछ यो तात्तिन सुरु हुनेछ। द अष्ट्रेलिया सेन्टर फर स्पेश इन्जिनियर्स रिसर्चका उप निर्देशक डां एलियस अबाउटेनियसले भनेका छन। उनि भन्छन्- ‘यदि यो मानव वस्ती भएको ठाउँमा रातको समयमा जलेर नष्ट भएमा ताराको जस्तै देखिने छ।

पृथ्वीको वातावरणमा प्रवेश गरेपछिको यात्रामा यसको ८.५ टन मध्यको अधिकांश हिस्सा नष्ट हुनेछ। इन्धन ट्याङ्क वा रकेट इन्जिन पुरा नष्ट नहुन सक्ने बताइएको छ। र यसबाट हुनसक्ने क्षेतिको आकलन कम गरिएको छ। द युरोपियन स्पेश एजेन्सीका प्रमुख हालगर क्रेगको अनुमानमा चट्याङ पर्दा जति क्षति हुन्छ त्यतिनै यसले क्षेति गर्नेछ।

के सबै स्पेशको टुक्राहरु पृथ्वीमा खस्छ ?

डा. एलियसका अनुसार अधिकांश टुक्राहरु पृथ्वी तर्फ खस्छन् र यि समुन्द्र वा मानव वस्ती भन्दा टाढा जलेर नष्ट हुन्छन् । यस्ता टुक्राहरुलाइ चाहेको ठाउँमा खसाल्न सकिन्छ।

यस्ता टुक्राहरुलाइ दक्षिण प्रशान्त महासागरको अष्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अमेरिकाको बिचमा खसालिन्छ । यो १५०० वर्ग किलोमिटरको एरियालाई स्पेश क्राफ्ट र स्याटेलाइटको चिहान भन्ने गरिन्छ।

के हो तियाङगोङग ?

चीनले सन २००१ बाट आफ्नो अंतरिक्षमा सुरु गरेको हो र परिक्षणको लागी जनावरलाई यसमा पठाएको थियो। त्यसपछि २००३ मा चिनियाँ बैज्ञानिक अन्तिरिक्षमा पुगेका थिए। सोभियत संघ र अमेरिका पछि अन्तरिक्षमा पुग्ने चीन तेस्रो देश थियो।

सन् २०११ मा ‘द तियाङगोङग-१’ प्रक्षेणपसँगै चीनको स्पेश कार्यक्रमको सुरुवात भएको हो। त्यसपछि २०१२ मा चीनबाट पहिलो महिला यात्री लियु याङग अन्तिरक्ष गएकी थिइन्।

‘द तियाङगोङग-१’ ले सन २०१६ मार्च पछि काम गर्न छोडेको थियो। तर ‘द तियाङगोङग-२’ अन्तरिक्षमा काम गरिरहेको छ र सन् २०२२ सम्ममा यसको तेस्रो संस्करण अन्तरिक्षमा पठाइने बताइएको छ जुनमा वैज्ञानिक हुन सक्ने छन्।

 

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com