इलन मस्कले राजनीतिबाट पछि हटेर र सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी, डोज) बाट राजीनामा दिएपछि राष्ट्रपति ट्रम्पसँग गाली–गलौजको आदानप्रदान गरिरहेका हुन सक्छन्, तर उनले “नोकरशाहीको अत्याचार“ अन्त्य गर्ने मिशनको रूपमा व्याख्या गरेको व्यापक पहल भने अघि बढिरहनेछ। सरकारी खर्चमा यसको प्रभाव सीमित रहे पनि, डोजको आक्रामक दृष्टिकोणले वासिङ्टनको राजनीतिक संस्थापनालाई हल्लाएको छ।
प्रशासनको नोकरशाहीविरुद्धको युद्ध राष्ट्रपति ट्रम्प वा मस्कको दिमागबाट मात्रै उत्पन्न भएको होइन। न त यो परम्परागत रूढिवादीहरूको सरकार सानो बनाउने र खर्च घटाउने चिन्ताबाट सिर्जित हो। यसको जरा र प्रेरणा धेरै गहिरो छ।
यो आधुनिक अमेरिकी प्रणालीमा वास्तवमा कसले शक्ति सम्हाल्छ भन्ने बारेमा एक समय सीमान्तकृत, तर अब परिवर्तनकारी राजनीतिक विचारको धाराको परिणति हो। विशेष रूपमा, हाम्रो लोकतन्त्रलाई पूर्ण रूपमा गैरजवाफदेही व्यवस्थापकहरू र नोकरशाहीहरूको स्थायी शासक वर्गले अपहरण गरेको छ।
विरोधी–व्यवस्थापनवाद (एन्टी–म्यानेजेरियलिज्म) फर्किएको छ। मुख्यधारा रूढिवादीहरूले परिणाम दिन नसकेको दशकौँको निराशालाई सम्बोधन गर्न राम्रोसँग अवस्थित, यो पुरानो विचार नयाँ दक्षिणपन्थको केन्द्रीय सिद्धान्त बनेको छ।
वास्तवमा, सामान्य रूपमा “लोकप्रियतावाद“ (पपुलिस्ट) राजनीति भनिने धेरै कुरालाई अति–नियन्त्रणकारी नोकरशाही नियन्त्रणको जीवनका विभिन्न क्षेत्रमा भएको विस्तारलाई पछाडि धकेल्न प्रयास गर्ने व्यवस्थापन–विरोधी क्रान्तिको हिस्साको रूपमा थप सटीक रूपमा वर्णन गर्न सकिन्छ।
यद्यपि यो अहिलेसम्म कडा प्रतिरोधका बीच सीमित सफलतामा पुगेको छ, यो व्यवस्थापनवाद– विरोधीको प्रकृतिलाई बुझ्नु ट्रम्प प्रशासनको अमेरिकाको संस्थागत परिदृश्यलाई, सरकारदेखि विश्वविद्यालयहरू र प्रमुख निगमहरूसम्म, रूपान्तरण गर्ने प्रयासलाई बुझ्नु आवश्यक छ।
यो विचारको बौद्धिक इतिहास राजनीतिक दार्शनिक जेम्स बर्नहमबाट शुरू हुन्छ, जसले े सन् १९४१ को प्रभावशाली आफ्नो पुस्तक ‘द म्यानेजेरियल रिभोल्युशन’ मा तर्क गरेका थिएः ‘पूँजीवादी अभिजात वर्ग क्रान्तिद्वारा उखेलिने प्रक्रियामा छ—तर, माक्र्सवादीहरूले भविष्यवाणी गरे जस्तो, श्रमिक वर्गद्वारा भने होइन ।’
बदलामा, औद्योगिक क्रान्तिले उत्पादन गरेको ठूलो पैमान र स्केलको घातकीय वृद्धिको अर्थ निगम र राज्य दुवैमा अब ती व्यक्तिहरू, जो सामूहिक सङ्गठन, प्रक्रिया र प्रचारका प्रविधिहरू लागू गर्नमा सबैभन्दा चतुर छन्—जसलाई उनले व्यवस्थापक वर्ग (म्यानेजेरियल क्लास) भन्थे—उनीहरूले उत्पादनका साधनहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्छन् र नयाँ प्राविधिक कुलीनतन्त्रको रूपमा समाजमा बढ्दो रूपमा प्रभुत्व जमाउँदै जान्छन्।
यो पुस्तकले विशेष रूपमा जर्ज ओरवेलबाट गहिरो रुपले प्रभाव छ, जसले टिप्पणी गरे “वैज्ञानिक, प्राविधिक, शिक्षक, पत्रकार, प्रसारक, नोकरशाह, पेशेवर राजनीतिज्ञः सामान्य रूपमा, मध्यमस्तरका मानिसहरू“ बाट बनेको व्यवस्थापक वर्ग, जो “थप शक्ति र प्रतिष्ठा“ का भोका छन्, “उच्च वर्गलाई हटाउने, श्रमिक वर्गलाई आफ्नो स्थानमा राख्ने, र आफूलाई धेरै समान व्यक्तिहरूलाई असीमित शक्ति हस्तान्तरण गर्ने प्रणाली“ स्थापना गर्न खोज्छन्।
ओरवेल विशेष रूपमा बर्नहमको यो अवलोकनबाट प्रभावित थिए कि त्यस समयका प्रमुख राजनीतिक प्रणालीहरू—फासिज्म, कम्युनिज्म र न्यूडील युगको सामाजिक लोकतन्त्र (समाजको नोकरशाही व्यवस्थापनतर्फको मोडमा आधारभूत रूपमा समान थिए)। उनले अवलोकन गरे अनुसार सर्वत्र “लैसेज–फेयर पूँजीवाद योजनाबद्ध र राज्य हस्तक्षेपमा स्थानान्तरण हुन्छ“ तव “मात्र मालिकले प्राविधिक र नोकरशाहको तुलनामा शक्ति गुमाउँछ।“ व्यवस्थापकीय नियन्त्रणको तीव्रताले प्रत्येक समाजलाई अनिवार्य रूपमा सर्वसत्तावादतर्फ डो¥याउने विश्वास गर्दै, ओरवेलले बर्नहमको विचारलाई आफ्नो उपन्यास ‘1984’ को आधार बनाए ।
शीतयुद्ध कायम रहँदा, अमेरिकाको सरकारले सोभियत सङ्घसँग केही विशेषताहरू साझा गर्न सक्छ भन्ने दृष्टिकोण, विशेष रूपमा वासिङ्टनको रूढिवादी स्थापनामाझ, अप्रिय साबित भयो।
तथापि, कुन राजनीतिक दलले सरकार नियन्त्रण गर्छ भन्ने कुराले फरक नपारीकन, व्यवस्थापक वर्गको वृद्धि जारी रह्यो। शीतयुद्धमा रक्षा बजेटले सुरक्षा राज्य नोकरशाही र सैन्य–औद्योगिक परिसरको निरन्तर विस्तारलाई डो¥यायो। ग्रेट सोसाइटी कल्याण कार्यक्रमहरू र नागरिक अधिकार ऐनको आगमनले सामाजिक सम्बन्धहरूको पुनःइन्जिनियरिङको माग ग¥यो, जसले सार्वजनिक र निजी जीवनको धेरै क्षेत्रमा वकिलहरू, नियामक नोकरशाहहरू र कर्पोरेट अनुपालन अधिकारीहरूको नाटकीय वृद्धिलाई प्रेरित ग¥यो। उच्च शिक्षाका प्रमाणपत्र प्रदान गर्ने मेसिनरीमा अधिकांश अमेरिकीहरूको प्रवाह शुरू भयो, जसले माथिल्लो–मध्यम वर्गको व्यवस्थापकीय रोजगारीको मागलाई बढाउँदै लग्यो ।
१९८० को दशकमा, दक्षिणपन्थका केही विचारकहरू, जो राज्यको निरन्तर विस्तार र प्रगतिशील सांस्कृतिक परिवर्तनको विजयलाई अवलोकन गर्दै थिए, मुख्यधारा अमेरिकी रूढिवादी आन्दोलनले किन केही पनि संरक्षण गर्न सकेन भन्ने बारेमा गैरपरम्परागत प्रश्नहरू सोध्न थाले। लेखक स्यामुअल फ्रान्सिस, “पेलियोकन्सर्वेटिभ“ समूहका प्रमुख सदस्य, कुन निष्कर्षमा पुगे भने जवाफ यो हो कि अमेरिकी दक्षिणपन्थले “बर्नहमको विचारको प्रभावलाई स्वीकार गर्न वा उपयोग गर्न बाँकी छ।“
फ्रान्सिसले टिप्पणी गरेः बर्नहमले भविष्यवाणी गरे जस्तै व्यवस्थापक वर्गले कुलीन दर्जा प्राप्त गरेको थियो। यो व्यवस्थापकीय कुलीन वर्गले अब समाजको उच्च स्थानहरूमा, सरकारी निकायदेखि बोर्डरूम र प्राध्यापक कक्षसम्म, स्थान ओगटेको थियो, र सामान्य रूपमा उदार–प्रगतिशील वैचारिक विश्वासहरूको समर्थनमा एकतावद्ध थियो। तर फ्रान्सिसले यो विचारधारा केवल सतही स्तरमा छ भनी बुझे, जसले व्यवस्थापकीय सङ्गठनहरूको दायरा, स्केल र जटिलता विस्तार गर्ने र राज्य, अर्थतन्त्र र संस्कृतिमा उनीहरूको शक्तिलाई विस्तार गर्ने गहिरो भौतिक हितको लागि नैतिक औचित्यको रूपमा सेवा गर्छ।
जस्तो कि फ्रान्सिसले आफ्नो मरणोपरान्त प्रकाशित ‘लेभियाथन एन्ड इट्स एनिमिज’ मा औंल्याए, “व्यवस्थापकीय कुलीन वर्गको प्रत्येक क्षेत्र अन्यसँग निर्भर र संलग्न छ, र प्रत्येक क्षेत्रको कुलीनले अन्य क्षेत्रहरूमा कुलीनहरूको हितलाई सुदृढ र संरक्षण गर्छ।“ कुलीन हितहरूको यो एकताले उनले “व्यवस्थापकीय शासन“ (म्यानेजेरियल रिजिम) भनेर नामकरण गरेको कुरा उत्पादन ग¥यो, जसमा राज्य र गैर–राज्य शक्तिबीचको सवैखाले गम्भीर भिन्नता ध्वस्त भएको छ, प्रत्येक क्षेत्र स्वचालित रूपमा एकसाथ सोच्ने, चल्ने र बढ्ने गर्छ।
यस्तो प्रणालीमा, कुनै पनि संस्थालाई साँच्चै स्वतन्त्र वा तटस्थ मान्न सकिँदैन। अर्को शब्दमा, ओरवेल सही थिएः अमेरिका एक प्रकारको सर्वसत्तावादमा झरेको थियो, यद्यपि फ्रान्सिसले वर्णन गरे जस्तो “नरम“ प्रकारको, जसमा व्यवस्थापकीय कुलीन वर्गको प्रभुत्वले कठोर शासनहरूले सामान्यतया बल प्रयोग गरेर प्राप्त गर्ने समान स्तरको अनुरूपता र समन्वय उत्पन्न ग¥यो।
यो अनुरूपताले किन धेरै प्रगतिशील परिवर्तनहरू रूढिवादीहरूले कार्यालयमा पुग्दा पनि कहिल्यै उल्टाइएको देखिँदैन भनेर बुझायो—उनीहरू व्यवस्थापकीय राज्यको नेतृत्वमा नियुक्त हुन सक्थे, तर वामपन्थी राजतन्त्रवादीले जस्तै व्यवहार गर्थे। फ्रान्सिसले तर्क गरे अनुसार यो कुनै षड्यन्त्रको परिणाम थिएन, बरु सम्पूर्ण प्रणाली सामाजिक र आर्थिक व्यवस्थापनलाई प्रोत्साहन गर्न संरचनात्मक रूपमा प्रगतिशील थियो। जब कोही नोकरशाहीमा सामेल हुन्थे, चाहे उनी कट्टर रूढिवादी नै किन नहुन्, “उनीहरूको व्यवस्थापकीय उपकरणमा स्थान र कार्यहरूले उनीहरूलाई व्यवस्थापकीय कुलीन वर्गको हित र विचारधारा अघि बढाउन प्रेरित गर्थे।“ त्यसैले अमेरिकाको प्रणाली एक र्याचेट जस्तोगरी कार्य गथ्र्यो, जसले जो निर्वाचित भए पनि केवल उही एउटै दिशामा मात्र चल्थ्यो।
यो सिद्धान्तले किन अमेरिकी श्रमिक वर्ग सधैं ठगिएको जस्तो देखिन्छ भनेर पनि बुझायो। नाममात्रको लोकतन्त्र भए पनि, देश एक कुलीन वर्गद्वारा सञ्चालित थियो जसले शक्तिमा पूर्ण नियन्त्रण राख्थ्यो र आफ्नो वर्गको हितमा मात्र काम गथ्र्यो। यसबाहेक, वैश्वीकरणको प्रसारले यो व्यवस्थापकीय कुलीन वर्गले सीमाहरू पार गरेको थियो। त्यसैले फ्रान्सिसले कुलीन वर्गको संस्थागत प्रभुत्वलाई तोडेर उनीहरूलाई सत्ताबाट हटाउन “मध्य अमेरिकी क्रान्ति“ को तर्क गरेका थिए ।
प्याट बुकानन, (उनका सल्लाहकार फ्रान्सिस थिए),ले यो क्रान्तिलाई ¥यालीको नारा बनाए, जसलाई १९९० को दशक र सन् २००० मा विद्रोही राष्ट्रपति पदको उम्मेदवारीको आधार बनाए, जसले अर्को बाहिरी व्यक्ति डोनाल्ड ट्रम्पको पूर्वसंकेत ग¥यो। बुकाननका प्रयासहरू असफल भए, र दक्षिणपन्थ नवउदारकनवादतर्फ मोडियो, जुन आन्दोलनले बढ्दो व्यवस्थापकीय राज्यलाई अँगाल्ने र कुलिनलाई उल्टाउने भन्दा सहयात्री बनाउन खोज्यो।
तर व्यवस्थापनवाद– विरोधी नयाँ दक्षिणपन्थसँगै बलियो रूपमा पुनर्जनन भएको छ। वामपन्थ र रिपब्लिकन पार्टीका अब पुराना नव–कन्जरभेटिभहरू दुवैको समान रूपमा विरोधी, यो आन्दोलनले व्यवस्थापकीय शासनको संस्थागत प्रभुत्वलाई ध्वस्त पार्नुलाई आफ्नो राजनीतिक र सांस्कृतिक परियोजनाको केन्द्र बनाएको छ।
नयाँ दक्षिणपन्थले निष्कर्ष निकालेको छ कि प्रणालीमा वास्तविक परिवर्तन ल्याउने कुनै आशा राख्नका लागि, जेडी भान्सले एक पटक भने जस्तै, “आधुनिक शासक वर्गलाई वास्तवमै उल्टाउने“ लक्ष्य राख्नुपर्छ, उनीहरूबाट संस्थानहरू कब्जा गरेर भएपनि । व्यवस्थापकीय “गहिरो राज्य“ (डीप स्टेट) को एकताहट र नियन्त्रणमा निर्णायक प्रहार गरेर, वामपन्थीहरूको संरचनात्मक शक्तिलाई सफलतापूर्वक कमजोर पार्न सकिन्छ।
यो नै ट्रम्प प्रशासनले गर्न खोजेको हो, बुकाननको यो विचारलाई अँगाल्दै कि “केवल ह्वाइट हाउससँग नोकरशाहीविरुद्ध घेराबन्दी युद्ध सञ्चालन गर्ने अनुशासन र स्रोतहरू छन्।“ त्यसैले प्रशासनको प्रशासनिक राज्यमाथि राष्ट्रपति प्राधिकार पुनस्र्थापना गर्ने दृढता, जसलाई लोकतान्त्रिक जवाफदेहीताको तत्काल पुनस्र्थापनाको रूपमा हेरिएको छ। यसमा केही सफलता प्राप्त भएको छ, हालैको एक मुद्दामा सर्वोच्च अदालतले प्रशासनको ह्युम्फ्रीज एक्जेक्युटरलाई चुनौती दिएकोमा अस्थायी रूपमा पक्ष लिएको छ, जुन न्यू डील युगको नजिर थियो जसले एजेन्सीहरू कार्यकारी नियन्त्रणबाट स्वतन्त्र रूपमा सञ्चालन हुन सक्छन् भन्ने धारणा स्थापित गरेको थियो।
हामीले यो घेराबन्दी सरकारमा मात्र सीमित हुने अपेक्षा गर्नु हुँदैन, किनभने व्यवस्थापकीय प्रणालीमा कुलीन शक्तिको सार्वजनिक र निजी शाखाहरूबीच स्पष्ट विभाजन हुँदैन। प्रशासनको लागि, जस्तै भान्सले भने, “विश्वविद्यालयहरू शत्रु हुन्,“ उदाहरणका लागि—न कि तिनीहरू स्वतन्त्र विचारका स्वतन्त्र गढहरू हुन्, बरु ठीक त्यसैले कि तिनीहरू कुनै पनि अन्य व्यवस्थापकीय संस्थानभन्दा स्वतन्त्र छैनन्, समान वर्गका मानिसहरूले समान हितहरूसहित कर्मचारी राख्छन्।
प्रशासनले हटाउन खोजिरहेको प्रगतिशील विविधता, समानता र समावेशीकरणको जुनून विश्वविद्यालयहरूमा अघि बढेको र सार्वजनिक र निजी क्षेत्रमा द्रुत रूपमा फैलिएको हुन सक्छ, किनभने यसले भाषा र सामाजिक सम्बंधहरूको शिरमाथिको माइक्रोमैनेजमेन्टको लागि वैचारिक औचित्य प्रदान ग¥यो, जसले नयाँ व्यवस्थापकीय भूमिकाहरूको विस्फारणलाई प्रेरित ग¥यो। दक्षिणपन्थका लागि, यो सिद्धान्त र यसको शैक्षिक स्रोतको सामना गर्नु विचारधारा वा फजूल खर्चभन्दा धेरै बढी कुरा हो; यो संस्थागत नियन्त्रणको प्रमुख उदारतासँग लड्नु पनि हो।
त्यसैले मस्क जस्ता केही धनी प्रावधानी दक्षिणपन्थी सदस्यहरूको समर्थन जुटाउनमा ट्रम्पको सफलता, जो नोकरशाही नियमन र उद्यमी प्रविधि क्षेत्रको सामाजिक इन्जिनियरिङमा केन्द्रित राजनीतिक वर्गको तहमा रसाएका थिए।
अहिले पनि, राष्ट्रपति पदको नियन्त्रणमा भएर, नयाँ दक्षिणपन्थले आफूलाई कमजोरको रूपमा लडिरहेको देख्छ। वास्तवमा, प्रशासनको व्यवस्थापन– विरोधी परियोजना अहिलेसम्म सङ्घठित छ, निर्वाचित कार्यकारीको निर्देशनहरू बारम्बार व्यवस्थापकीय–वर्गका संस्थाहरूले, जसलाई नयाँ दक्षिणपन्थप्रति लोकप्रिय नियन्त्रणमा जवाफदेहीताप्रति प्रतिरोध गर्न सेट गरिएको छ, तिनीहरुलानई अवरुद्ध गर्छन्, अनिर्वाचित न्यायाधीशहरू र अधिकारीहरूले नोकरशाही प्रक्रिया र कानुनलाई हेरफेर गर्छन्, जसमा उनीहरूको हिस्सेदारी भएको विस्तारित उपकरणको रक्षा गर्नका लागि ।
डोजका कटौतीहरू अपेक्षाकृत रूपमा उत्ताउला र कहिलेकाहीँ अव्यवस्थित छन्, जस्तै वैज्ञानिक र चिकित्सा अनुसन्धान कर्मचारीहरूको कटौती, जसलाई उल्टाइयो । अधिक महत्वपूर्ण रूपमा, केही पदहरू र एजेन्सीहरू कटौती गरिए पनि, व्यवस्थापकीय विस्तारको फलामे तर्कमा झुक्ने प्रलोभन बढ्दै जानेछ, व्यवस्थापकीय उपकरणलाई प्रयोग गरेर वान्छित राजनीतिक र नीति लक्ष्यहरू प्राप्त गर्ने साइरनको गीतले केवल स्थिर रूपमा उच्च बजेट र थप नोकरशाहीतिर डो¥याउनेछ।
तैपनि, प्रशासनको व्यवस्थापन– विरोधी क्रान्ति दशकौँदेखिको अमेरिका कसरी शासित छ र कसका लागि भन्ने यथास्थितिलाई भङ्ग गर्ने सबैभन्दा दृढ र अर्थपूर्ण प्रयास हो। यसले दक्षिणपन्थको राजनीतिक अवकल्पनामा आधारभूत परिवर्तनको प्रतिनिधित्व गर्छ, यहाँ रहन देखिने वर्ग युद्धको अँगालो हालेको छ ।
न्यूयोर्क टाइम्सबाट
लेभिनले एन.एस. लायन्सको उपनाममा द अपहिभल नामक न्यूजलेटर लेख्छन्।)
प्रतिक्रिया दिनुहोस्